मेलाको प्रचारका लागि जनचेतना ¥याली

9

 

रुपन्देही, कात्तिक ७ गते । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले बुधबारदेखि शुरु गर्न लागेको दोस्रो राष्ट्रिय औधोगिक प्रदर्शनी कृषि ब्यापार तथा पर्यटन प्रबद्र्धन २०७४ को पूर्वसन्धामा मंगलबार बुटवलमा ब्यापक प्रचार–प्रसार ¥याली गरिएको छ ।
विविध झांकीसहितको प्रचार ¥यालीले बुटवलका विभिन्न स्थान परिक्रमा गरी मेला स्थल बुटवल मण्डपमा समापन गरिएको प्रचार–प्रसार संयोजक यमलाल मरासीनीले जानकारी दिनुभयो । १ सय ५० वटा ई–रिक्सामा व्यानरसहित ¥यालीले बुटवल परिक्रमा गरेको हो । मरासीनीका अनुसार ¥याली बुटवलको योगिकुटी, कालिकानगर, चौराहा, मिलनचोक, ट्राफिकचोक, अमरपथ, गोलपार्क, मैत्रीपथ, दिपनगर, सुख्खानगर हुँदै मेला स्थल बुटवल मण्डपमा पुगेर समापन भएको थियो ।
राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औधोगिकरण तथा ब्यापार विविधिकरण भन्ने मूल नाराका साथ कात्तिक १८ गतेसम्म सञ्चालन गरिने मेलाको तयारी पुरा भएको मेला मूल आयोजक समितिका संयोजक खेम श्रीसले जानकारी दिनुभयो । यो मेलाको उद्घाटन बुधबार सम्माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले गर्ने बताइएको छ ।
११ दिनसम्म चल्ने यो प्रदर्शनीमा कृषि, पर्यटन तथा औधोगिक उत्पादनका स्वदेशी तथा विदेशी बस्तुहरुको प्रदर्शनी गरिनेछ । दैनिक उपभोग्यबस्तु, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औधोगिक मेशिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोवाइल्स, सूचना प्रविधि तथा इलोक्ट्रनिक्स, टेक्सटाई, गार्मेन्ट तथा फुटवेयर, फर्निचर तथा फर्निसिङका समग्री, बैंक तथा वित्तीय, होटल तथा रेष्टुरण्ट, वाल उद्यान लगायतका ३ सय ५० वटा स्टलहरु सहभागी रहेका छन् ।
यस प्रदर्शनीलाई थप रोचक बनाउन आमाहरुको नृत्य प्रतियोगिता ( मम्मी डान्स आईडल ) पनि आयोजना गरिएको छ । विवाहीत छोराछोरी जन्माएका आमाहरुले नृत्य प्रतियोगितामा भाग लिन पाउने आयाजकले बताएका छन् । मम्मी डान्स आईडल प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था समेत गरिएको छ । प्रतियोगिताको प्रथम पुस्कार यमाहा कम्पनीको स्कुटर राखिएको छ भने दोस्रो पुरस्कार ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार तथा सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
प्रदर्शनीमा खुल्ला गायन प्रतियोगिता पनि आयोजना गरिएको छ । खुल्ला गायन प्रतियोगितामा प्रथम हुनेलाई यमाहा कम्पनीको स्कुटर दोस्रो हुनेलाई ५० हजार रुपैयाँ र तेस्रो हुनेलाई ३० हजार रुपैयाँको पुरस्कार राखिएको छ । मेलामा विषेश आकर्षणको लागि कुस्ती खेल समेत आयोजना गरिएको सांस्कृतिक संयोजक गोविन्द गैरेले जानकारी दिनुभयो । मेला अवधिमा तीन दिन कुस्ती प्रतियोगिता हुनेछ । जसमा भारतीय महिला र पुरुष पहलमानहरुको छुट्छुटै कुस्ती प्रतियोगिता हुनेछ । मेला अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिने गैरेले उल्लेख गर्नुभयो ।

SHARE