घर घरमा भाई टिकाको तयारी

23

कार्तिक ४
यम पञ्चकको पांचौ दिन आज भाईटिका आफ्ना दिदी बहिनीहरुले भाईहरुलाई टिका र माला लगाएर तिहार पर्व मनाउदै छन ।
पञ्चांग निर्णयक समितीका अनुसुार यस बर्षको टिकाको साईत बिहान ११ बजेर ५१ मिनेटमा भएकोले दिदि बाहिनीहरु दाजु भाईलाई लगाईदिने टिकाको तयारीमा रहेका छन ।
यस बर्षको टिका लगाउने दाजु भाई पश्चिम फर्किने तथा लगाईदिने दिदी बहिनी पुर्व फर्किदा शुभ हुने बताईको छ । हिन्दु परम्परा अनुसार आजको दिन दिदी वा बहिनीले दाई वा भाईलाई सप्तरंगी टिका र सयपत्री तथा मखमली फुलको माला लगाएर दीर्घायुको आर्शिवाद दिने चलन छ ।
दिदीबहिनीले दाजुभाइलाई विशेÈ मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गरी, सप्तरङगी टिका र माला लगाईदिएर मनपर्ने खानेकुरा खुवाउने र वस्त्र अलङकार आदि उपहार दिने, तथा दाजुभाइले दिदीबहिनीलाई दानदक्षिण्ाँ एवं वस्त्राभूÈण्ँ प्रदान गर्ने परम्परा छ ।
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेÈ मानसम्मानका साथमा पूजा गरेको धार्मिक महत्व र भावना यस पर्वमा अन्तर्निहित छ । यमपञ्चकका पा“चै दिन यमराजले बहिनी यमुनाको घरमा बास गरेको जनबिश्वास रहेको छ ।
यमपञ्चकका यी पा“च दिन इन्द्र देवता बिदामा बसी पाताल लोकका राजा दानवराज बलिका निम्ति पदाधिकार त्यागेको जनबिश्वास छ । टीकाको साईत अघि बिहानै नुहाएर अष्टचिरञ्जीवी मानिएका यमराज, हनुमान्, विभीÈण्ँ, परशुराम आदिको पूजा गर्ने प्रचलन छ ।
भाइटीकाको विधि सम्पन्न गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठामीठा परिकारको आवश्यकता पर्छ । दाजुभाइको माङगल्यको कामना गर्दै ढोकामा ओखर फोरी यमराजको पूजा गरे कालको बाटो छेकिन्छ भन्ने बिश्वास रही आएको छ ।
भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली कहिल्यै ओइलाउ“दैन, सयपत्रीको रङग कहिल्यै उडेर जा“दैन भने दूबो सधै हरियै रहन्छ भन्ने बिश्वासका साथ यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङगी टीका लगाइदिने प्रचलन रहेको छ ।
भाईटिकाको दिन दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिने प्रचलन सदियौ देखि रहेको छ । यसले आयु बढाउनुका साथै राष्ट्रियता समेत झल्किने गर्दछ । भाईटिकाको अवसरमा लुम्बिनी सामुदायिक टेलिभिजन परिवार सम्पूर्ण दर्शकहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछ ।

SHARE