तिलोत्तमा प्रिमियर लिग टि–२० प्रतियोगिता २०७४ नेपाल अम्बुजालाई उपाधि

33

रुपन्देहीमा जारी तिलोत्तमा प्रिमियर लिग टि–२० प्रतियोगितामा उपाधि नेपाल अम्बुजा एनएससीए टाईर्गसले हात पारेको छ । शुक्रबार भएको फाईनल खेलमा ज्ञानोदय गोल्डलाई १० रनले पराजित गर्दै नेपाल अम्बुजा एनएससीए टाईर्गसले उपाधि हात पारेको हो । उपाधिसंगै नेपाल अम्बुजाले नगद दुई लाख, ट्रफी, प्रमाणपत्र हात पारेको छ । उपविजेतामा चित्त बुझाएको ज्ञानोदय नगद एक लाख, ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । प्रतियोगितामा लुम्बिनी कासाई लायन्स अनुशासीत टिम घोषित हुदै नगद २५ हजार र ट्रफी, प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरि प्रतियोगितामा म्यान अफ दी सिरिजबाट बुम रकर्सका कृष्ण कार्की पुरस्कृत हुदै नगद १५ हजार, ट्रफी प्राप्त गरेका छन । उत्कृष्ट बलर बुम रकर्सका अनिल खरेल, उत्कृष्ट ब्याट्सम्यान फोर नेशन्सका सरोज पौडेल, नवप्रतिभाशाली खेलाडी नेपाल अम्बुजाका कुशल मल्ल घोषित हुदै नगद सात हजार पाच सय र ट्रफीबाट पुरस्कृत भएका थिए ।
टस जितेर अम्बुजाले १९.६ ओभरमा पुरै विकेटको नोक्सानीमा १ सय १७ रनको योगफल तयार गरेको थियो । यसका लागि टिम क्याप्टन शंकर रानाले ३५, महेश रानाले २४ र ईकलाख अहमदले २० रन जोडेका थिए । कम स्कोरमा रोक्न ज्ञानोदयका लाल बहादुर अधिकारीले ५ तथा सन्तोष क्षेत्रीले २ विकेट लिएका थिए ।
मध्यम लक्ष्य पछ्याएको ज्ञानोदय अन्तिम ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ७ रनमा समेटिएको थियो । ज्ञानोदयका बलरले राम्रो प्रदर्शन गरेपनि ब्याट्रिङ्ग नचल्दा खेलमा हार ब्यहोर्नुपर्यो । उसका लागी सुरज दराईले १५ र निशान्त शर्माले १४ रन जोडेका थिए । नेपाल अम्बुजाका दामोदर बश्यालले ४ तथा कुशल मल्ले ३ विकेट लिएका थिए । खेलमा नेपाल अम्बुजाका एकलाख अहमद म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे, रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, बुम रेमिट्सका धिरेन्द्र पन्त, राष्ट्रिय खेलाडी शक्ति गौचन, समितिका अध्यक्ष सुनिल ढुङ्गानाले संयुक्त रुपमा वितरण गरेका थिए ।

SHARE