नेपालमा प्रविधिको दुरुपयोगको यो नमुना

12

एम.वि.वि. एस. को प्रवेश परीक्षामा आधुनिक प्रविधि प्रयोग गरी चिट चोरी भएको खबरले स्तब्ध बनाएको छ । पढेर जान्नु पर्ने कुरा प्रविधिबाटै चोर्न पाइने भएपछि अव डाक्टर बन्ने परीक्षामा पनि नपढी कनै पास भइने भएपछि किन दुःख उठाउँथे विद्यार्थिहरु ।  यसरी डाक्टर बन्न उद्धत भविस्यका डाक्टरहरुबाट हुने नेपालीको स्वास्थ्य प्रतिको खतरा कस्ले टार्ने ?

“सिमकार्डजडित डिजिटल डिभाइस प्रयोग गरेर एमबीबीएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहका संलग्न ब्यक्तिहरु पक्राउ परेका छन् । गिरोहका दुई सदस्यलाई नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले र ६ जनालाई प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेका हुन् । महाशाखाले शनिबार प्रवेश परीक्षामा डिभाइस प्रयोग गरेर चिट चोर्ने विद्यार्थी र चोराउन सहयोग गर्ने गिरोहका सदस्यसहित १४ जनालाई पक्राउ गरेको थियो ।”

१७ परीक्षा केन्द्र  मध्ये अधिकांश केन्द्रमा यो अनियमितता भएको कुरा  प्रहरीले बताएको छ । 

अनैतिक बाटो रोझ्ने विद्यार्थिहरु “दुईदेखि पाँच लाखसम्म बुझाएको बताएका छन् । पक्राउ परेकामध्ये १० जनालाई विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ । सौरभ कुमार, समीर कुमार झा, नवराज निरौला, देवेशकुमार झा, शैलेशकुमार झा, आशुतोषकुमार झा, अजय यादव, हिरेन्द्र शर्मा, मुकेश झा र सुविस देवमाथि मुद्दा चलाइने भएको छ । प्रहरीले डिभाइससहित पक्राउ परेका चार विद्यार्थीलाई भने जाहेरवाला बनाएको छ ।

एमबीबीएसको प्रवेश परीक्षामा सिमकार्डयुक्त अत्याधुनिक उपकरण प्रयोग गरेर चिट चोर्ने चार विद्यार्थी शनिबार पक्राउ परेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाले तीन विद्यार्थीलाई बौद्धस्थित परीक्षा केन्द्रबाट र एकजनालाई तीनकुनेबाट पक्राउ गरेको हो” भनी कान्तिपुरले छापेको छ । यस अनियमित कार्यमा वयरलेस डिभाइसहरु, घडि, कानमा सुन्ने साधन, चस्मा, आदि जस्ता डिभाइसहरु प्रयोग भएको हुन सक्छ ।

(आश्विन ३०, २०७४ मा कान्तिपुरमा प्रकाशित लेखबाट साभार गरिएको  हो )

SHARE