दुर्गादत्त उच्च मा.वि तथा शंकरनगरमा विद्यार्थिहरुलाई साईकल बितरण ।

27

बुधबार, १ कात्तिक ।

तिलोत्तमा नगरपालीका २ मा रहेको दुर्गादत्त उच्च मा.वि तथा शंकरनगर बहुमुखि क्याम्पसमा गरिब तथा जेहेन्दार विद्यार्थिहरुलाई  बुधबार साईकल बितरण गरिएको छ । दुर्गादत्त उच्च मा.वि तथा शंकरनगर बहुमुखि क्याम्पसको आयोजना र ख्वाङ्गजु कोरियन बुद्धिज्मको सहयोगमा विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थिहरुलाई साईकल बितरण गरिएको हो । 
कार्यक्रमका ख्वाङ्गजु कोरियन बुद्धिज्मका अगुवा किम योङ्ग सेवले अगामी दिनमा विद्यालयको चौतर्फी बिकासका लागि आफनोतर्फबाट हुने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । विद्यालयका प्राचार्य कृष्णप्रसाद पन्थीले ख्वाङ्गजु कोरियन बुद्धिज्मले विद्यार्थिहरुमा थप हौसला प्रदान गरेको बताउदैे विद्यार्थीहरुलाई साईकल बितरण गरेर विद्यार्थीको शैक्षिक एवं सामाजिक बिकासमा मद्धत पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष उमानाथ कडेंलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितीका अध्यक्ष केशव न्यौपाने, संयोजक चन्डीप्रसाद पाण्डे, फप्इल सिनिम, प्रवत्ता गोपाल आचार्य, विद्यालय निर्माण समितीका अध्यक्ष रेश्मीराज पाण्डे, भिक्षु पार्क इमसाङ्ग लगायतले बोल्दै विद्यालयले आफ्नो बिद्यालयमा अध्ययनरत विद्यार्थिहरुकालागि शैक्षिक जीवनस्तर माथि उकास्न लागिपरिरहेको बताउनुभयो ।

SHARE