तिलोत्तमा प्रिमियर लिग T20 क्रिकेट प्रतियोगिताको पहिलो सस्करण शुरु

21

असोज २५, तिलोत्तमा ।
अक्सनमा आधारित तिलोत्तमा प्रिमियर लिग त्द्दण् क्रिकेट प्रतियोगिताको पहिलो सस्करण आजबाट शुरु भएको छ । प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका उप मेयर जोगेश्वरी चौधरि र क्रिकेट एसोसिएसन अफ रुपन्देहीका अध्यक्ष प्रशान्त किक्रम मल्लले आज संयुक्त रुपमा उद्घाटन गरे ।

मल्लले गरेको बलिङमा चौधरिले ब्याटिङ्ग गरेर खेलको उद्घाटन गरेका हुन । पश्चिमाञ्चलमै पहिलो पटक हुन लागेको यस प्रतियोगिताले रुपन्देहीको सान उचो राख्न सफल हुने कार्यक्रमका बत्ताहरुले बिस्वास ब्यक्त गरेका छन । तिलोत्तमा क्रिकेट बिकास समितिले गरेको प्रयासलाई सफल पार्न आफुहरुले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको उनिहरुको भनाई छ ।
खेलको उद्घाटन पुर्व खेलाडिहरुले खेल मैदानमा मार्च पास समेत गरेका थिए । प्रतियोगिता अन्तर्गत भोलि बिहान हुने पहिलो खेलमा नुसि वारियर्स र ज्ञानोदय गोल्डका बिच खेल हुनेछ भने दोश्रो खेलमा बुम रकर्स र लुम्बिनि कासाई बिच प्रतिष्पर्धा हुने खेल संयोजक दिपक भुर्तेलले जानकारी दिए ।
तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्युतराज ढुंगानाको अध्यक्षता र तिलोत्तमा नगरपालिकाका उप मेयर जागेश्वरी देबी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अन्तराष्ट्रिय अम्पायर समिर खान, क्यानका पुर्ब केन्द्रिय सदस्य प्रेम सेन्चुरी, प्रतियोगिताका टेक्निकल कमिटि संयोजक संञ्जय गुरुङ्ग, नेक्स्ट अजुकेस्नल कन्सल्टेन्सिका रिजनल म्यानेजर गोबिन्दराज अधिकारी, कारका अध्यक्ष प्रसान्त बिक्रम मल्ल, माउण्ट एभरेष्ट कथ्था मिलका बसन्त रोका, अन्तराष्ट्रिय कोच बसन्त शाही, राष्ट्रिय खेलाडि शक्ति गौचन लगायतले सुभकामना मन्तब्य राखेका थिए । संस्थाका उपाध्यक्ष लोकनेस ढेगाले स्वागत गरेको कार्यक्रमको संचालन सचिव राजेन्द्र केसिले गरेका थिए ।
तिलोत्तमा ६ स्थित १० नम्बरमा रहेको नवजिवन क्लवको खेल मैदानमा संचालन हुने प्रतियोगितामा रुपन्देहीका ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख सहित ट्रफि, मेडल र प्रमााणपत्र प्राप्त गर्नेछ भने द्धितिय हुनेले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमााणपत्र प्राप्त गर्नेछ । त्यस्तै म्यान अफ द सिरिजलाई नगद १५ हजार ट्रफि, र प्रमााणपत्र, बेष्ट वलर र वेष्ट म्यानलाई ७ हजार ५ सय ट्रफि, र प्रमााणपत्र र ईमर्जिङ प्लेयसलाई ५ हजार सहित ट्रफि, र प्रमााणपत्रले पुरस्कृत गरिनेछ ।
त्यस्तै २५ हजारको टिम फेयर प्ले अवार्ड रहेको प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजारले पुरस्कृत गरिने बताईएको छ

 

SHARE