मुटुरोग एक जटिल समस्या

128

डाक्टर समिर गौतम
बरिष्ठ मुटुरोग बिशेषज्ञ ,
निर्देशक गौतमबुद्ध सामुदायिक मुटु अस्पताल

मुटु के हो ?

मुटु हाम्रो शरिरको अत्यन्त महत्वपूर्ण बलियो र संवेदनशील अंग हो । यो छातीमा दुइ फोक्सोको बीचमा देब्रपट्टि फर्केर रहेको हुन्छ । यसको औषत तौल २५० देखि ३५० ग्राम हुन्छ । यसले रगत फाल्ने पम्पको रुपमा काम गर्दछ । यसले आफूले पाएको रगतलाई पम्प गरेर शरीरको हरेक अंग तन्तु र कोषहरुमा पु¥याउने काम गर्दछ जसमा हरेक अंग वा कोषहरुलाई बा“च्नको लागि चाहिने अक्सिजन ग्लुकोज लगायतका तत्वहरु मिश्रित हुन्छ । रगत फैलाउने वा पु¥याउने काम रगतका नलीहरुको संजाल धमनीहरु मार्फत हुने गर्दछ । जसलाई अंग्रेजीमा आर्टरी पनि भनिन्छ । आफूलाई चाहिने रगत यसले ‘कोरोनरी आर्टरी’को माध्यमबाट प्राप्त गर्दछ ।

मुटुरोग कुन उमेरमा लाग्छ ?

मुटु रोग जुनसुकै उमेर, वर्ग र समुदायका व्यक्तिलाई पनि हुन सक्दछ । तर उमेर अनुसार फरक फरक किसिमका रोगहरु बढी मात्रामा पाइने हुन्छ ।

जस्तै, बच्चाहरुमा –जन्मजात मुटुरोग  

वयस्कहरुमा– भल्भ सम्बन्धी समस्या

पाको उमेरका व्यक्तिमा– हृदयघात सम्बन्धी समस्या

 

 

मुटुरोगको विद्यमान अवस्था कस्तो छ ?

मुटुरोग विश्वभर महामारीको रुपमा बढीरहेको अवस्था छ । विश्वभरमा जन्मजात मुटुरोग सरदर १ प्रतिशत नवजात शिषुहरुमा देखिन्छ । भल्व सम्बन्धी समस्या विकसित मुलुकमा कम र विकासोन्मुख मुलुकमा बढी देखिन्छ । नेपालमा सरदर ०.०१ देखि १ प्रतिशत सम्म विद्यालय जाने उमेरका केटाकेटीहरुमा भल्व सम्बन्धी समस्या भेटिएको छ । त्यस्तै हृदयघात सम्बन्धी समस्या पनि सरदर १ प्रतिशत वयस्कहरुमा हुने गर्दछ ।

के मुटुरोग सरुवा रोग हो ?

सामान्यतया मुटुरोग सरुवा रोग अन्तर्गत पर्दैन । तर कतिपय मुटु रोगहरु वंशाणुगत गुणहरु अनुसार एक पुस्ताबाट अर्को पुस्तामा जाने सम्भावना रहन्छ । त्यसैले कतिपय मुटुरोग कसैलाई छ भने उसको छोराछोरी वा नाति नातिनीमा आउनसक्ने सम्भावना रहन्छ ।
मुटुरोगका लक्षणहरु के के हुन् ? 

वच्चाहरुमा

१) बृद्धि विकास राम्रो संग नहुनु २) रुंदा बच्चा निलो देखिनु ३) आमाको दुध राम्रोसंग चुस्न नसक्नु ४) बीच विचमा रोकिएर दुध वा खानेकुरा खानु ५) खाना खा“दा पसिना धेरै आउनु ६) तौल कम हुनु ७) कोखा हानेको देखिनु ८) बारम्बार निमोनिया हुनु
बयस्क र पाको उमेरका व्यक्तिहरुमा 

१) छाती दुख्ने २) सास फेर्न गाह्रो हुने ३) छिटो थकाई लाग्ने ४) खुट्टा सुनिने ५) मुटुको ढुकढुकी बढ्ने ६) एक्कासी मुर्छा पर्ने वा बेहोस हुने ७) खोकी लाग्ने ८) खकारमा रगत आउने ९) ओठ र जिब्रो निलो देखिने १०) हिंड्दा पिडूला दुख्ने ११) छालाको रंगमा बदलाव आउने १२) दुइवटा हातको प्रेसर २० मिलीभिटर मर्करी भन्दा बढीको फरक आउने

मुटु रोगलाई बढावा दिने तत्वहरु के के हुन ?

१) धुम्रपान २) मधुमेह ३) उच्च रक्तचाप ४) मोटोपना ५) कोलेस्टेरोल लेभलको गडबढी (अस्वास्थ्यकर कोलेस्टेरोल बढी हुनु र स्वास्थ्यकर कोलेस्टेरोल कम हुनु ) ६) व्यायामको कमी ७) खानामा साग सब्जी र फलफूलको कमी ८) मानसिक तनाव ९) वंशाणुगत गुण वा परिवारका सदस्यहरुमा मुटुरोग हुनु १०) अत्यधिक मदिरा सेवन ११) बढ्दो उमेर, बृद्धावस्था १२) अन्य,  गर्भावस्थामा आमा अस्वस्थ हुनु जस्तै ज्वरो आउनु, किटाणुको संक्रमण हुनु तथा आमाद्धारा हुने धुम्रपान मद्यपान हानिकारक औषधी सेवन  वच्चाहरुलाई बारम्बार टन्सिल सम्बन्धी समस्या वा जोर्नी सम्बन्धी समस्या हुनु  मुखभित्रका दांत र गिंजा सम्बन्धी समस्यालाई वेवास्ता गरिनु

मुटुरोगको उपचार के कति संभव छ ? 

जन्मजात मुटुरोग मध्ये मुटुमा प्वाल भेटिने समस्या धेरैमा देखिन्छ । कतिपय प्वाल आफै टालिएर जाने सम्भावना हुन्छ, भने कतिपय अप्रेसनको माध्यमबाट टाल्न सकिन्छ । अप्रेसन धेरैजसोको सामान्य जीवनयापन गर्ने सम्भावना रहन्छ । त्यसैले बेलैमा रोग निदान गरी उपचारको लागि अगाडि बढ्नु राम्रो मानिन्छ ।
वयस्कहरुमा बढी देखिएको भल्व सम्बन्धी समस्या शुरुवातको समयमा पत्ता लगाउन सकिएको अवस्थामा औषधीहरु प्रयोग गरी त्यसलाई बढ्न नदिने हिसाबले अगाडि बढ्न सकिन्छ । हामीले सुन्ने गरेको तीन हप्तामा एक पटक दिइने पेनिसिलिन सुइ पनि भल्व सम्बन्धी समस्या नबढोस भनेर प्रयोग गरिने एक प्रभावकारी औषधी हो । यदि भल्वको समस्या बढेर गयो भने वा धेरै बढीसकेको स्थितिमा थाहा पाइयो भने भल्वको अप्रेसन गरी आवश्यक परेको खण्डमा फेर्न पनि सकिने हुन्छ । भल्व फेरिसकेपछि पनि औषधीहरुको सेवन तथा चिकित्सकको सल्लाह सुझावको जरुरत पर्ने हु“दा नियमित जा“च गराउनु र चिकित्सकहरुको सम्पर्कमा रहनु जरुरी हुन्छ । अप्रेसन पश्चात जीवनयापन सामान्य रहन सम्भव छ ।

पाको उमेरका बृद्ध अवस्थाका व्यक्तिहरुमा बढी पाइने हृदयघात सम्बन्धी समस्या दुइ किसिमले प्रस्तुत हुनसक्छ । १) स्ट्याबल एन्जाइना दौडधुप गर्दा धपरी हु“दा वा तनाव बढ्दा छाती दुख्ने तर सामान्य अवस्थामा परेसानी नहुने । यसलाई औषधीहरु प्रयोग गरी कन्ट्रोलमा राख्न सकिन्छ ।

२) एक्युट कोरोनरी सिन्ड्रोम सामान्य अवस्थामा वा आराम गर्दा पनि छाती दुख्ने । यो इमरजेन्सी अवस्था हो र दश मिनेट भन्दा बढी छाती दुुखद। छिटो औषधीहरु प्रयोग गरी भर्ना गरेर औषधीहरु चलाउंदै अगाडि बढ्नु जरुरी हुन्छ । यसैलाई सामान्य भाषामा ‘हर्ट एट्याक’ पनि भन्ने गरिन्छ ।
‘हर्ट एट्याक’ हु“दा रगत संचालन गर्ने रगतको नली आमसिक वा पूर्ण रुपमा बन्द भई मुटुमा बाधा पुगेको हुन्छ । यसको फलस्वरुप मुटुको चाल अनियमित हुने, प्रेसरमा गडबडी आउने र कहिलेकाहिं मुटुको चाल अचानक बन्द भई तत्काल मृत्यु हुने पनि हुन्छ । आजकल मुटुको कुन नलीमा कति असर छ जा“च गरेर हेर्न सकिन्छ । जसलाई कोरोनरी एन्जियोग्राफी भनिन्छ । यो जा“च मात्र हो र यसको रिपोर्ट हेरिसकेपछि विरामीलाई औषधी मात्र दिने वा कोरोनरी एन्जियोप्लाष्टी गर्ने वा वाइपास सर्जरी गर्ने भन्ने कुरा निर्णय गरिन्छ ।  
कोरोनरी एन्जियोप्लाष्टी भनेको अप्रेसन नगरी हात वा तिघ्राको रगतको नलीको माध्यमबाट विभिन्न उपकरण क्याथेटर, वाएर र बेलुन प्रयोग गरी कोरोनरी आर्टरीमा भएको अवरोध वा सांघुरोपन खुलाउने प्रविधि हो । आजकल सांघुरो भएको ठाउ“ खुलाईसकेपछि ‘स्टेन्ट’ भनिने जाली राख्ने गरिन्छ । वाइपास सर्जरी जसलाई कोरोनरी आर्टरी वाइपास सर्जरी पनि भनिन्छ, अरु ठाउ“को रगतको नलीलाई सा“घुरो भएको वा अवरोध भएको ठाउ“भन्दा अगाडि गासेर रक्त संचालन गर्ने प्रविधि हो । यो धेरैजसो छातीमा चिरा लगाएर अप्रेसन मार्फत गरिन्छ ।
‘हर्ट एट्याक’ भैसकेपछि अप्रेसन एन्जियोप्लाष्टी वा औषधी प्रयोग जुन प्रविधिबाट शुरुमा उपचार गरेपनि बिरामीले जिन्दगीभर केही औषधीहरु निरन्तर प्रयोग गरिरहनुपर्ने र बेला बेलामा जा“च गराइराख्नुपर्ने हुन्छ । औषधी छुटेमा फेरि त्यो भन्दा ठूलो समस्या आउन सक्ने र ज्यान जोखिममा पर्न सक्ने हुन्छ ।
अरु विभिन्न प्रकारका पनि मुटुरोग हुन्छन् । मुटुको धड्कन धेरै ढिलो हुने वा छिटो हुने समस्या जसलाई ‘रिदम डिस्टरबेन्स’ भनेर भनिन्छ । औषधीको प्रयोग वा विभिन्न उपकरण, पेसमेकर, आइसीडि मार्फत यसको उपचार गरिन्छ । कहिलेकाहि“ मुटुले राम्रोस“ग रगत पम्प गर्न नसक्ने भई ‘हर्ट फेलर’ को स्थिति पनि सिर्जना भएको पनि भेटिन्छ । यो समस्या निकै बढिसकेको स्थितिमा मुटु फेर्नुपर्ने पनि अवस्था आउन सक्छ । संसारमा अहिले मुटु फेर्न सकिने विकास भैसकेको छ, तर नेपालमा त्यो विकास भैसकेको छैन । तर मुटुको भल्व फेर्ने, प्वाल टाल्ने लगायतका विभिन्न अप्रेशनहरु नेपालमा भैराखेका छन् ।

हर्ट एट्याक कुन समयमा बढी हुन्छ ?

विहानीको समयमा र जाडो याममा हृदयघातको समस्या अली बढी भएको पाइएको छ तर हृदयघात जुनसुकै समय र मौसममा पनि हुनसक्छ । त्यस्तै गरी रक्तचाप धेरै बढेको, मानसिक तनाव धेरै भएको र औषधी अनियमित सेवन गरेको वा छुटेको स्थितिमा पनि बढेको देखिन्छ ।

हृदयघातले कति समयमा मृत्यु हुन सक्छ ?

हृदयघातले मान्छेको मृत्यु मिनटमै पनि हुनसक्छ । लगभग एक तिहाई देखि आधा जसो प्रमुख हृदयघात भएको व्यक्तिको अस्पताल नपुग्दै ज्यान गुमेको भेटिन्छ । सामान्य रुपमा स्वस्थ जस्तो देखिने मान्छेको अचानक मृत्यु भएको घटना धेरैजसोमा कारण हृदयघात हुन्छ । सामान्यतया अस्पतालमा उपचार हु“दा मृत्युदर ३ देखि १५ प्रतिशत हुन्छ तर धड्कन र रक्तचापको असन्तुलन हु“दा मृत्युदर ४० प्रतिशत सम्म हुन्छ ।

स्वस्थ व्यक्तिले मुटु रोगबाट बच्न के गर्ने ?

स्वस्थ व्यक्तिले मुटु रोग लाग्नबाट बच्न आफ्नो खानपान, रहनसहन र जीवनशैलीमा ध्यान दिनु जरुरी हुन्छ । खानेकुरामा नियमित फलफूल र सागसब्जीको सेवन फाइदाजनक हुन्छ । त्यसैगरी चिल्लो र चर्को पदार्थको सेवन नगर्नु राम्रो हुन्छ । खानेकुरामा घ्यू र तेलको प्रयोग सकेसम्म कम गर्नु राम्रो मानिन्छ । खानेकुरा तेल घ्यूमा तारेर खानुभन्दा उमालेर खानु वेस मानिन्छ ।  त्यस्तै मानसिक तनावबाट बच्नु र नियमित शारिरीक व्यायाम गर्नु स्वास्थ्यको लागि राम्रो हुन्छ । दिनमा ४५ मिनेट देखि १ घण्टा सम्म छिटोछिटो हिंड्ने दौड्ने, खेल्ने, नाच्ने इत्यादि गतिविधि गर्नु व्यायाम वा कसरत सरह मानिन्छ । यस्ता गतिविधि गर्दा अलिअलि पसिना आउने र मुटुको धड्कन अलिकति बढ्ने गरी गरेमा मात्र उचित फाइदा पुग्ने देखिन्छ ।

मुटुरोग लागेका व्यक्तिले ध्यान पु¥याउनुपर्ने कुरा के–के हुन् ? 

मुटुरोग लागेका विरामीले डाक्टरको सल्लाह अनुसार समय, समयमा नियमित स्वास्थ्य परीक्षण गराइराख्नुपर्ने हुन्छ । डाक्टरको सल्लाह बिना औषधी घटाउने, छोड्ने वा अनियमित खाने गतिविधि गर्नु हु“दैन । त्यस्तो गरेमा केही दिन अप्ठ्यारो महशुस नभएपनि अचानक ठूलो विपत्ति आउने वा ज्यान जोखिममा पर्ने सम्भावना हुन्छ । त्यस्तै मुटु रोगलाई बढावा दिने शारिरीक अवस्थाहरु जस्तै उच्च रक्तचाप मधुमेह इत्यादि समस्या भए तिनीहरुको पनि नियमित औषधी सेवन र परीक्षण गरी तिनीहरुलाई यथोचित नियन्त्रण राख्नु अनिवार्य हुन्छ ।

SHARE