दशैंमा २४ करोडको फलफुलको कारोबार

15

भगवती पाण्डे
बुटवल, असोज १३
बिगतको वर्षभन्दा यसवर्ष दशैंको समयमा फलफुलको व्यापार १५ प्रतिशतले बढेको छ । अन्य समयभन्दा यो अवधीमा १ सय ३० प्रतिशतले फलफुलको विक्री बढेको हो ।
माछामासु, लत्ताकपडा तथा अन्य उपभोग्य वस्तुको कारोवार विगतका दशैंको तुलनामा कमी भएको बताईरहंदा फलफुलको व्यापार भने राम्रो भएको व्यवसायीहरु बताउंछन् ।
दशैं पर्वमा माछामासु, रोटी, मिठाई संगै फलफुलको प्रयोग समेत बढ्न थालेपछि व्यापार राम्रँे भएको हो । उमेर बढ्दै जांदा देखिने उच्च रक्तचाप, मधुमेह तथा विभिन्न स्वास्थ्य समस्यासंगै मानिसहरु स्वास्थ्यप्रति सचेत हुन थालेपछि फलफुलको सेवन पनि बढेको हो ।
पछिल्लो ६ दिनको अवधीमा मात्र स्याउ, केरा, अनार, अम्बा लगायतका गरी ६ सय टनभन्दा धेरै फलफुलको कारोबार भएको बुटवल स्थीत कृषि उपज थोक बजार केन्द्र संचालक समितीका अध्यक्ष कलाधर पन्थीले जानकारी दिए ।
केन्द्रबाट २४ करोडको फलफुलको कारोबार भएको पन्थीले बताए । केन्द्रबाट सबैभन्दा धेरै केरा र स्याउको विक्री भएको छ । मूल्यको हिसाबले स्याउ र परिमाणको हिसाबले केराको विक्री धेरै भएको छ ।
६ दिनको अवधीमा ३ सय मेट्रिकटन केरा र २ सय मेट्रिकटन स्याउ विक्री भएको पन्थीले बताए । कारोबार बढेसंगै यसवर्ष ८० प्रतिशत माग नेपालमा उत्पादन भएको केराले पुरा गरेको छ । गएको वर्ष ९० प्रतिशत केरा भारतबाट आयात गरिएकोमा यसवर्ष २० प्रतिशतमात्र भारतबाट आयात गरिएको पन्थीले बताए ।
“गएको वर्षभन्दा यसवर्ष विक्री संगै केराको उत्पादनपनि बढेको छ । गएको वर्ष १० प्रतिशत मात्र नेपालमा उत्पादित केरा बजारमा आएकोमा यसवर्ष ८० प्रतिशत माग नेपाली केराले पुरा गरेको छ ।” उनले भने ।
स्याउतर्फ भने भारतिय स्याउ उपभोक्ताको रोजाईमा पर्ने गरेको छ । पन्थीका अनुसार यसवर्ष दशैं केहि चाडो परेको र चाईनिज स्याउ खानको लागि तयार भईनसकेकोले उपभोक्ताको रोजाईमा खासै परेन । दशैंमा भारतिय स्याउको माग धेरै भएको पन्थी बताउंछन् ।
कृषि उपज थोक बजार केन्द्रबाट लुम्बिनी अञ्चलका विभिन्न जिल्लाहरु संगै, चितवन, नेपालगञ्ज, दाङ लगायतका क्ष्ँेत्रहरुमा फलफुल जाने गर्दछ । मांसहारी, शाकाहारी, धार्मिक क्षेत्र लगायत सबैको रोजाईमा फलफुल पर्न थालेको छ ।
दशैंको टिका लगाउन बुटवलबाट गाउंघर तिर जानेहरुले पनि कोशेलीको रुपमा फलफुल लैजाने गर्दा दशैं फलफुलको व्यापार हुने उपयुक्त पर्व मानिन थालेको छ ।

 

 

SHARE