बढ्यो ब्याडमिन्टनमा आर्कषण

11

 

भैरहवा असोज १३
कुनै समय रुपन्देहीमा सरकारी कर्मचारी मात्रै व्याडमिन्टन खेल्थे । सरकारी कार्यालयमा मात्रै खेल्ने कोर्ट थियो । जब भैरहवा र बुटवलमा गरी दुई ठाउँमा बहुउद्देश्यीय कवर्डहल बने । त्यसपछि रुपन्देहीमा ब्याडमिन्टन खेल युबापुस्ता र अधबैसे माझ लोकप्रिय बन्दै जान थालेको छ ।
छोटो समयमा शारीरिक फिटनेस हुने, स्वथ्य रहने हुंदा पनि व्याडमिन्टनप्रति युवापुस्तादेखि पाका व्यक्तिहरुको पनि आकर्षण बढेको हो ।
पहिला कर्मचारी मिलन केन्द्रमा मात्र सिमीत रहंदै आएको यो खेल भैरहवा र बुटवलमा ठुला कभर्डहल निर्माण भएपछि दैनिक सयौं खेलाडी कबर्ड हलमा व्याडमिन्टन खेल्न पुग्छन् ।
यसबाहेक सार्वजनिक भवन, संघसंस्थाको भवनमा पनि व्याडमिन्टन खेलका लागि कोर्ट तयार पारी खेलिंदै आएको छ । खासगरी व्याडमिन्टनले स्वास्थ्यका लागि राम्रो गर्ने, विकसित, अनुशासन र धेरै युवाहरु खेलप्रति आकर्षित हुंदा लागूऔषध जस्ता गलत क्रियाकलापमा सहभागि हुन नपाउने भैरहवा ब्याडमिन्टन क्लबका उपाध्यक्ष राम थापाले बताए ।
विशेष गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु हेरेर प्रभावित हुंदा युवाहरु व्याडमिन्टनप्रति आकर्षित भएको र अधबैंसेहरु छोटो समयमा शारीरिक फिटनेस हुने, स्वस्थ रहने भएकाले पनि व्याडमिन्टनप्रति आकर्षित भएको पूर्व राष्ट्रिय खेलाडी तथा भैरहवा व्याडमिन्टन क्लबका प्रशिक्षक तिलक कोइराला बताए ।
रुपन्देही व्याडमिन्टन लोकप्रिय बन्दै जांदा राष्ट्रिय टिमबाट अण्डर नाइन्टिन वल्र्ड कप क्रिकेट खेलिसकेका अन्तिम थापा अहिले क्रिकेट छाडेर व्याडमिन्टनतिर आकर्षित भएका छन् ।
निरन्तर क्रिकेट खेल नहुने हुंदा व्याडमिन्टनले छोटो समयमा शारीरिक फिटनेस कायम गर्ने भएकाले पनि आफू अहिले व्याडमिन्टन खेलतिर लागेको उनले बताए ।
भैरहवा र बुटवलको कभर्डहलमा ३÷३ वटा कोर्टहरु रहेका छन् । कोर्टहरु बिहानी समयमा खेलाडीले भरिभराउ हुने गर्दछन् । व्याडमिन्टन खेल्न कवर्डहलमा सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, दलका नेता कार्यकर्ता, व्यापारी, युबा संचारकर्मी, सर्बसाधारण सबै पुग्न थालेका छन् ।
भैरहवामा स्पोर्टस ईभेन्ट नेपाल सेन, सिद्धार्थ स्पोर्टस एकेडमी, जेसिआई सिद्धार्थले बिभिन्न प्रतियोगिता गरिसकेका छन् । व्याडमिन्टन खेल्दा समयको बचत हुनु, अन्य खेल भन्दा शारीरिक फिटनेस राख्नु, आत्मियता बढ्नु जस्ता कारणले पनि व्याडमिन्टन खेलप्रति सबै आकर्षित भएको खेलप्रेमीहरु बताउंछन् । चिकित्सकहरुले पनि व्याडमिन्टन स्वास्थ्यका लागि निकै लाभदायक भएको र नियमित खेल खेल्ने व्यक्तिहरु स्वस्थ रहने बताउंछन् ।

SHARE