कसले दशै कसरी मनाउदै छ ?

42

दशै आइसकेको छ । बिशेषत घटस्थापनाको दिन देखि नै दशैका बिभिन्न गतिबिधीहरु हुने हिन्ु परम्परा छ । कोटघर देखी चोक चोकमा देवीका मुर्ति राखेर नियमित पाठ प्रवचन गर्ने चलन बिशेष गरेर तराई क्षेत्रमा बढी नै छ । संघ संस्था र क्लवहरुले समेत देवी भगवतीका मुर्ति स्थापना गरेर टोल छिमेकमा जमघट गराउने पुजा आरधना गर्ने काममा स्थानियलाई सघाउने गर्दे आएका छन । दशै नजिकिदै गर्दा रुपन्देहीमा रहेका ब्यवसायीक संघ संस्थाका अध्यक्ष तथा केही पत्रकार लेखक र सहित्यकार समेतलाई तपाईले दशै कसरी मनाउदै हुनु हुन्छ भनेर सोधेका छौं उहाहरुको धारणा जस्ताको तस्तै यहा प्रस्तुत गरेका छौं

दिनेशराज रेग्मी, अध्यक्ष रुपन्देही उद्योग संघ
परिवारका सवै सदस्य काठमाण्डौ छौं २ बर्ष भयो काठमाण्डौमा दशै मनाउन थालेको । दशै सामान्य तरिकाले मनाईन्छ । बलि चढाईनन । मन्दिर नियमित जाने गर्छु । घरमा बुवा आमा हुनु हुन्न, सवैभन्दा पहिले सासु आमाको हातको टिका लगाउछु । मामा घर जान छोडेको १५ बर्ष जति भयो, टाढा भएकोले जान सकिदैन । जुवा तास खेलिदैन । परिवारलाई समय दिईन्छ ।

दधिराम खरेल, अध्यक्ष पश्चिम नेपाल बस ब्यवसायी संघ ,
८३ बर्षका बुवा हुनुहून्छ , ९३ बर्षको जेठो बुवा हुनुहुन्छ । ९ भाई बुवाहरु र सवैको परिवार एकै ठाउ जम्मा हुन्छौं करिव ४ सय जना आफन्त टिका लगाउन आउने हुदा त्यसको ब्यवस्थापन मै हुन्छै । बलि दिने चलन छैन । बिहान सवैभन्दा पहिले १ हजार ८ स्वामी बिवेकानन्दको हातबाट टिका थाप्छु अनी बुवाहरुहको हातको टिका थाप्ने र आर्शिवाद लिने चलन छ । हरेक दशैमा मामा घर र ससुराली जाने चलन छ ।

मोतीलाल पाण्डे, अध्यक्ष रुपन्देही ब्यापार संघ
यस पटक टिका छैन सामान्य खानपान र साथी भाई संग रमाईलो गर्ने मात्र हुन्छ । टिका नभएपनि पारीवारीक जमघट आफन्त र साथीभाई संग भेटघाट तथा सुभकामना आदान प्रदान गर्ने नियमित जस्तै हुन्छ । बलि चढाउने र मदिरा सेवन गर्ने जुवा तास खेल्ने चलन छैन ।

 

मोहन चापागाई, निर्वतमान अध्यक्ष अकोराव
यसपटक टिका छैन, पारिवारीक भ्रमणमा जनकपुर हुदै काठमाण्डौ पुगेको छु । यसपटकको दशै घुमघम र रमाईलो गरी मनाईदै छ । टिका नभएकाले घर बसेर दिन बिताउनु भन्दा पारीवारीक भ्रमण र अनुभव गराउने छोराहरुको दशै बिदा भएकोले उनिहरुलाई नया ठाउ देखाउने अभियानमा छु । दशै उनिहरुका लागि खल्लो नहोस भनेर पनि घुमाउन हिडेको हो । यो भ्रमणको अनुभव लेख्ने सोंचमा छु ।

अर्जुन ज्ञवाली , प्रेस स्वतन्त्रता सेनानी
अति सामान्य हुन्छ मेरो दशै , जेष्ठ नागरीक बाट टिका ग्रहण गर्छु । अत्यन्त सादगी हुन्छ । मामाघर जान्छु माईजु हुनुहुन्छ उहाको हातको टिका थाप्छु । छोरा छोरीलाई टिका लगाईदिन्छु । ससुराली टाढा भएकोले जान सकिएन । धेरै बर्ष भयो दशैमा ससुराली नगएको । घरमा आएका भान्जाभान्जी, ईष्टमित्र पाहुनाहरु संग रमाईलो गरीन्छ । बलि चढाईदैन ।

दिपक बिश्वकर्मा , साहित्यकार, लेखक
यसपटकको दशैमा टिका छै्रन , तर अरु रमाईलो गरीन्छ भेटघाट र जमघट हुन्छ । ३ बर्ष भै सक्यो टिका लगाउन नपाएको । सामाजिक क्रियाकलापमा सहभागी भईन्छ । भारतमा हुदा दशै तिहारमा रमाईलोका लागि जुवातास खेलिन्थ्यो यहा आए पछि जोडी मिलेन त्यसैले खेल्न छोडीयो । समान्य हिसावले मदिरा चलाईन्छ ।

दिलिप भटराई , पत्रकार
दशै आफन्त संग भेटघाट र रमाईलो गरेर मनाईन्छ । नियमित रुपमा घटस्थापना देखिनै पुजा गर्छु । शुभकामना आदान प्रदान र किनमेल हुन्छ । मणिग्राममा भाउजु हुनुहुन्छ उहाको हातको टिका लगाउछु ससुराली जान्छु मामाघर जान छोडेको बर्षौ भयो । मेरोलागी दशै बिशेष हुन्छ । अष्टमीको दिन मेरो जिवन संगीनीको जन्मदिन हो त्यसैदिन आफन्तहरुको जमघट हुन्छ दशै भोज समेत अष्टमीकै दिन गरीन्छ । शुभकामना आदान प्रदान हुन्छ ।

डाक्टर वावुराम ज्ञवाली , अर्थशास्त्री ,लेखक, 
दशैमा नियमित चण्डीपाठ गर्न थालेको छु , दैनिक मन्दिर जान्छु , घटस्थापना यता नै साकाहारी भोजन चल्छ । १०५ बर्षको बुवा हुनुहुन्छ उहाको हातबाट टिका ग्रहण गर्छु । भान्जा भान्जी , ज्वाईचेलाहरुलाई टिका लगाईदिन्छु । मामा घर र ससुराली जान टाढा छ तर भोली पल्ट भए पनि जान्छु

महेशमार्न िसंह,अध्यक्ष बुटवल उद्योग बाणिज्य संघ
दाईको हातको टिका लगाउछु रमाईलो गरी मनाईन्छ , दशैमा प्राय बुटवलमै हुन्छु । यसपटक पनि यहि हुन्छु । यसपटक अलि ब्यस्त छु दशै लगत्तै संघको अधिवेशन भएकोले बाहिर जान पाउदिन आफन्तहरु संग भेटघाट खानपिन र रमाईलो गरीन्छ ।

तिल प्रसाद भटराई , निर्वमान अध्यक्ष औद्योगीक क्षेत्र उद्योग महासंघ
यसपटकको दशै बिशेष रमाईलो गरी मनाईन्छ , स्थानिष्य निर्वाचन भएको छ । संबिद्यँन कार्यान्वयनको खुसी छ । त्यसैले पनि दशैमा उत्साह छ मलाई मात्र होईन यो खुशी र उमंग अरुलाई पनि होला सायद । कुलपुजा हुन्छ परम्परागत रुपमा बलि दिने चलन छ । आफन्तहरु संग भेटघाट हुन्छ । घरमा टिका सकाएपछि मात्र ससुराली गईन्छ । दशैंमा मामाघर नगएको ३५ बर्ष जती भयो ।

SHARE