पढ्ने रहर मेट्दै आमाहरु

3

भगवती पाण्डे
बुटवल, असोज १२
बुटवल १४ की ४६ बर्षिय श्रृजना गौतम आफुले पढ्न नपाए पनि आफ्ना सन्तानहरुले धेरै पढुन भन्ने चाहन्छीन् । त्यति मात्र होईन बिभिन्न कारणले पढ्ने अवसरबाट बञ्चित भएकाहरुले पनि पढ्ने बातावरण पाए पढ्न सक्छन् भन्ने सोचाई राख्छीन् ।
उनिहरुका लागि हाम्रो समाजले उपयुक्त बातावरण तयार गर्नुपर्छ भन्ने सोचाईका साथ साबित्रा अर्यालको नेतृत्वमा सञ्चालनमा आएको साधना महिला बिद्यालयलाई बिभिन्न ढंगले सहयोग गरीन र बिद्यँलय ब्यवस्थापन समिती सदस्य समेत बन्न सफल भईन् ।
औपचारीक शिक्षाको अवसर नपाएकी श्रृजनालाई आफुले नपढी मनले मानेन र सोही बिद्यालयमा कक्षा एकमा भर्ना भएर औपचारीक रुपमा अध्ययनको बाटो तयार गरीन् ।
पाल्पाको कुसुमखोलामा हुर्किएकी श्रृजनाले सानोमा पढ्न पाईनन्, १३ वर्षको उमेरमा विवाह भयो । त्यो बेलाको पढ्ने रहर अहिले पुरा गर्दै छिन् ।
दिनभर नियमित विद्यालय आएर पढ्ने गरेकी उनले सांझविहान छोराछोरी संगै घरमा पढ्ने र गृहकार्य गर्ने गर्छिन् । “घरमा छोराछोरी संगै बसेर पढ्छु नजानेको र बुझेको पाठ छोराछोरी संग सोधेर पढ्छु ।” उनी भन्छिन् । हालसम्म बुटवल आठमा बसोबास गर्दै आएकी श्रृजनाको परिवार अहिले बुटवल १४ तामनगर बसाईसराई गरेको छ । एउटै वडामा घर र विद्यालय हुंदा विद्यालय आउन जान सहज भएपनि अबको पढाई कसरी अगाडी बढाउने भन्ने उनलाई पिरलो थपिएको छ । “नियमित विद्यालय आउन धेरै भाडा खर्च गर्नुपर्छ, घरबाट पढेर पनि परिक्ष्ाँ दिने ईच्छा छ हेरौं कतिसम्म पढ्न सक्छु ।” उनले भनीन् । “केटाकेटीलाई पढ्न कर हुन्छ हामीलाई रहर छ, गाह्रो भयो भनेर घरमा भन्यो भने स्कुल नजाउ भन्छन् त्यसैले गाह्रो भएपनि घरमा त्यसको सुईको समेत दिंदैन ।”
उनकी २७ वर्षीय छोरी किरण ज्ञवाली पनि अहिले सोही बिद्यालयमा नौ कक्ष्ाँमा पढ्दै छन् । सात कक्ष्ाँमा पढ्दै गर्दा विवाह भएपछि पढ्न छोडेकी किरण आठ कक्षामा भर्ना भएकी हुन् । छोरीकै अध्ययनका कारण अभिभावकको तर्फबाट व्यवस्थापन समितीको प्रतिनिधीत्व गर्दै बैठकमा आउने क्रममा पढ्ने मन जागेपछि उनीपनि एक कक्षामा भर्ना भएकी हुन् ।
श्रृजनाका कान्छो छोरा कक्षा १० मा पढ्दै छन् । ईरिक्सा चलाएर परिवारको जिवीकोपार्जन गर्दै आएका श्रीमान राजकुमार गौतमपनि श्रृजनालाई पढ्न हौसाउंछन् । आफ्नो हस्ताक्ष्ँर मात्र गर्न सक्ने राजकुमारले बैंकमा खाता संचालन गर्नेदेखि हरेक काममा हस्ताक्षर अनिवार्य जस्तै भएपछि श्रीमतीलाई पनि पढ्न उत्साहित गराएको बताउंछन् । त्यहि हस्ताक्षरले मुलुकलाई साक्षर बनाउने अभियानमा सघाएका छन् ।
श्रृजना गौतम मात्र होईन बुटवल देबिनगरकी ३५ बर्षिय भुमा राउत पनि सोही बिद्यालयमा कक्षा नौमा पढ्दैछन् । ईन्जिनीयरिङ पढ्दै गरेकी छोराकी आमा भुमा सात कक्षा पढ्दै गर्दा बिवाह भएपछि पढ्न नपाएको पिडा भुलाउन १८ वर्षपछि फेरी नियमित बिद्यालय आउंन थालेकी छिन ।
“सानैमा विवाह भएपछि बुहारी मान्छेले पढेर के गर्ने भन्ने सोंचका कारण पढ्न आउन सकिएन, पछि पढ्नुपर्ने रहेछ भन्ने लागेपनि छोराछोरी हुर्काउंदा र घरपरिवार हेर्दा समय मिलेन, अहिले छोराछोरी ठूला भईसके घरपरिवारको सबै काम सकेर दिउसोको समय विद्यालय आउंछु ।” आठ कक्ष्ाँको अन्तिम परिक्ष्ाँ दिंदै गरेकी उनले भनिन् ।
छोराछोरी हुर्किसकेका र आफुभन्दा माथील्लो कक्ष्ाँमा पढ्ने भएकोले पनि उनलाई नजानेको पाठ पढ्न र सोध्न सहज हुने गरेको छ । “छोराछोरीले गृहकार्य पुरा गरे नगरेको ख्याल गर्छन्, नजानेको सिकाउंछन् बाहिर ट्युसन पढ्नु पर्दैन” उनले भनीन् । १८ वर्षपछि झोला बोकेर विद्यालय आउंदा रमाईलो लागेको बताउने भुमाले १० कक्षा सम्म भएपनि पढ्ने ईच्छा भएको बताउंछिन् ।
बुटवल मिलनचोककी ४४ वर्षकी कमला बराल पनि २८ वर्षपछि फेरी नियमित विद्यालय आउने गरेकी छन् । चार कक्ष्ाँ पढ्दै गर्दा विवाह भएपछि पढ्न छोडेकी कमला ५ वर्ष अघि पांच कक्ष्ाँमा भर्ना भएकी हुन् । उनका पनि २ छोराले मास्टर्स गरीसकेका छन् भने सानो छोरा बुटवलकै बोर्डिङ स्कुलमा कक्षा ९ मै पढ्दैछन् । “शिक्षण पेशाबाटै अवकास प्राप्त श्रीमान र अध्ययनशिल छोराहरुका कारण पनि पढ्न उत्साह थपिएको र वातावरण मिल्दै गएको भन्ने लाग्छ ।” उनी भन्छिन् ।
“सानो उमेर भन्दा उमेर ढल्केपछिको पढाईमा कठिन हुदो रहेछ कम उमेरका नानीहरु भन्दा हामी अलि ढिलो बुझ्छौं तर ढिलो टिपेको कुरा छिटो बिर्सिदैन ।” कमला भन्छिन् “सबैभन्दा अप्ठ्यारो गणित विषय लाग्छ आधा भन्दा बढि उमेर बेहिसाब चलेको भएर पनि होला हिसाब अप्ठ्यारो लाग्ने ।” उनले हांस्दै भनिन् ।
पढ्ने उमेरमा पढ्न पाउने अवसरबाट बञ्चित भएकाहरुका लागि सञ्चालित साधना महिला बिद्यालय यस क्षेत्रका आमाहरुका लागि नयां संसार चिनाउने माध्यम बनेको छ ।
२०६३ सालमा बुटवलका महिला अगुवाहरुले स्थापना गरेको साधना महिला बिद्यालय आफैपनि उमेरमा पढ्न नपाएर अहिले संघर्ष गरिरहेका महिलाहरु जस्तै संघर्ष गरि रहेको छ ।
अर्काको भाडाको घरमा सूरु भएको उक्त बिद्यालय अहिले आफ्नै भवनमा सञ्चालन हुन सूरु भएपनि उमेर नाघेकाहरुका लागि पढ्न सहज हुनेगरी प्रबिधिको बिकास र सूधारका लागि प्रयासरत छ ।
साधना महिला बिद्यालय जहांबाट थुप्रै आमाहरुले प्रवेशिका परिक्षा उतिर्ण गरी सकेका छन् । अन्य बिद्यालयबाट परिक्षा दिदा २ नं नपुगेर अनुर्तिण भएकाहरु समेत साधनामा अध्ययन गरी प्रथम श्रेणिमा उतिर्ण गरेको दावी बिद्यालय व्यवस्थापन समितीको रहेको छ ।
पाको उमेरका महिला मात्र नभई विभिन्न कारण विद्यालय जान नपाएका किशोरीहरुका लागि लक्ष्ँित गरि २०६३ सालदेखि संचालन गरिएको यस विद्यालयबाट हालसम्म २९ जनाले एसएलसी परिक्षा पास गरिसकेको विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष्ँ सावित्रा अर्यालले जानकारी दिईन्् । हाल बिद्यालयमा १ सय ३५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
बुटवल १० सुख्खानगरकी १६ बर्षिय सुन्दरी जयशवाल यसअघि बुटवलकै कालिका माध्यमिक बिद्यालयमा ९ कक्षासम्म अध्ययन गरीन र पढन छोडिन् । अहिले फेरी साधना महिला बिद्यालय रोजेकी छन् । यो बिद्यालय रोज्नुको उनको एउटै कारण छ यहां सबै महिलाहरु मात्र पढ्ने गर्छन्, अध्ययनको लागि विद्यालय आउंदा र दिनभरीको बसाईमा सहज हुन्छ ।
त्यसैगरी बुटवल माझगाउकी १७ बर्षकी सुस्मीता थापा कक्षा ८ देखि साधना महिला बिद्यालय रोजेर पढ्न थालेकी छन् । सातकक्ष्ाँ सम्म ईडन बोर्डिङ स्कुलमा पढेकी उनले पनि साधनाको पढाई राम्रँे लागेको र सबै महिलाहरु भएकोले समेत सहज भएको बताउंछीन् ।

SHARE