स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्न बिद्येयक ल्याईएको स्वास्थ्यकर्मीहरुको गुनासो

15

यथासक्य छिटो सेवा सहज बनाउन नागरीकहरुको आग्रह
बुटवल असोज ११
स्वास्थ्य क्ष्ँेत्रमा सरकारले पेश गर्न लागेको विधेयक स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्न ल्याईएको भन्दै स्वास्थ्यकर्मीहरुले विधेयक फिर्ता लिन सरकारसंग माग गरेका छन् ।
स्वास्थ्यकर्मीहरुलाई लापरवाहीको ट्याग भिराएर सरकारले नै चिकित्सकहरुलाई निरुत्साहित गर्ने काम गरेको उनिहरुले गुनासो गरे ।
कुनैपनि चिकित्सकले जानीबुझी गलत उपचार गर्न नसक्ने भन्दै उनिहरुले बिरामीको मृत्यु भईहाले चिकित्सकको लापरवाहीले भएको हो भन्ने गलत बुझाईको कारण स्वास्थ्य क्ष्ँेत्र नै जोखिममा परेको उनिहरुको भनाई थियो ।
स्वास्थ्यक्षेत्रमा देखिएका समस्या र सरकारको पछिल्लो निर्णय संगै चिकित्सकहरुको आन्दोलनको विषयमा लुम्बिनी टेलिभिजनले आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्ने स्वास्थ्यकर्मीहरुले स्वास्थ्य क्षेत्र कानुन र नियमको आधारमा नभई सिद्धान्त र नैतिकताको आधारमा सेवा प्रदान गर्ने क्ष्ँेत्र भएकोले ज्ञारेण्टी भन्ने कुरा नभएको बताए ।
सहभागिहरुले एउटै चिकित्सकले धेरै विरामी हेर्नुपर्ने बाध्यताका कारण सबै विरामीहरुलाई भरपर्दो सेवा दिन नसकेको स्वीकार गर्दै चिकित्सकले दिनमा कति बिरामी हेर्न सक्छ त्यसको निक्र्यौल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै पत्रकार डिआर घिमिरेले स्वास्थ्यक्ष्ँेत्रमा समन्वय नहुंदा कतिपय अवस्थामा समस्या देखिने उल्लेख गर्दै स्वास्थ्यसंस्थाहरुको विचमा समन्वय हुन जरुरी रहेको बताए ।
चिकित्सकले ल्याब परिक्ष्ँणबाट आएको रिपोर्टको आधारमा उपचार गर्नुपर्ने र ल्याबबाट आउने रिपोर्टहरु सहि नआउंदापनि समस्या देखिने गरेको बताए ।
नेपाल चिकित्सक संघका. अध्यक्ष नन्दा गुरुङले कुनैपनि चिकित्सकले जानीबुझी विरामीको गलत उपचार गर्न नसक्ने भन्दै जानीबुझी गलत उपचार गरेको पाईए कारवाही भोग्न तयार रहेको बताए ।
नेपाल मेडिकल काउन्सिलका केन्द्रिय सदस्य डा. कृष्ण खरेलले चिकित्सकहरुको अहिलेको आन्दोलन जायज रहेको र यो आन्दोलन नभई असन्तुष्टी मात्र रहेको बताए ।
राष्टिय चिकित्सक संघका लुम्बिनी च्याप्टर अध्यक्ष डा. सन्तोष पोखरेलले सरकारले चिकित्सकहरुलाई निरुत्साहित गर्ने काम गरी शान्त तलाउमा ढुंगा हान्ने काम गरेको बताए ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका निर्देशक डा. समिर गौतमले मनोविज्ञ निर्णयकर्ता र राजनितीज्ञका कारण अहिलेको अवस्था श्रृजना भएको भन्दै यस्तै अवस्था रहिरहे नेपाल स्वास्थ्य क्ष्ँेत्रमा ५० वर्ष पछाडी धकेलिने बताए ।
लुम्बिनी टेलिभिजनका अध्यक्ष्ँ एजाज आलमको अध्यक्ष्ँता, उपाध्यक्ष्ँ सुरज भट्टराईको धन्यवाद तथा महासचिव दिनेश पाण्डेको संचालनमा सम्पन्न भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष्ँ तेजकुमार पाठकले बौद्धीक क्षेत्रले गर्ने आन्दोलन बार्ताको टेवलमा हुनुपर्ने बताउदै सेवा सहज बनाउन आग्रह गरे ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका मोति पौडेल, मर्सिसीटी अस्पतालका अध्यक्ष्ँ गोपाल श्रेष्ठ, लुम्बिनी नर्सिङ होमका निर्देशक केदार नेपाल, नेपाल चिकित्सक संघका डा. ईन्द्र ढकाल, जेनस अस्पतालका निर्देशक डा. मोहन सिंह, सिद्धार्थ महिला तथा बाल अस्पतालका निर्देशक डा. बिनोद पराजुली, ईञ्जिनियर गौतम रौनियार, सुवास पौडेल लगायतले चिकित्सा क्षेत्रमा देखिएका समस्य निदानमा सर्वपक्षिय चासो हुनु पर्ने बताएका थिए ।

SHARE