तिनाउ बुटवलद्धारा जनता माविलाई खेलकुद सामाग्री प्रदान

65

 

बुटवल, असोज २

रोटरी क्लव अफ तिनाउ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं. ८ रामनगरमा रहेको जनता माध्यमिक विद्यालयमा खेलकुद सामाग्री प्रदान गरेको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरी क्लबले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जेबी गुरुङ र प्रधानाध्यापक आशा थापा बस्नेतलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।
क्लवका अध्यक्ष देवी वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी क्लबका जिएसआर एजाज आलमले उक्त खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथी आलमले आगामी दुईबर्ष भित्रमा जनता माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रोटरी क्लबले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहकार्य गर्दै आईरहेको बताउंदै जनता माध्यमिक विद्यालयको स्तर बृद्धिका साथै गुणात्मक शिक्षाका लागि रोटरीले हातेमालो गरेर अगाडी बढ्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जेवी गुरुङले बाहिरी बनोट विद्यालयको राम्रो भएपनि समस्याका बीचमा विद्यालय सञ्चालन भएको बताउनुभयो । विद्यालयमा विद्यार्थीलाई चाहिने न्युनतम आधारभुत आवश्यकताहरु समेत नभएको भन्दै विद्यालयले दाताहरुको सहयोग प्राप्त गरेमा विद्यालयले फट्को मार्ने बताउनुभयो ।
प्रधानाध्यापक आशा थापा बस्नेतले स्कुलको शैक्षिक विकासका लागि सामाजिक संघ संस्थाको सहयोग महत्वपुर्ण रहेको बताउनुभयो ।
क्लबका ईलेक्ट प्रेसिडेन्ट तथा कार्यक्रम संयोजक जमुना पौडेलको स्वागत, सहसचिव अमृता भुसालको संचालन तथा सर्भिस प्रोजेक्ट डाईरेक्टर सोनाली गुरुङको धन्यवादमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यको लागि क्लबका ईलेक्ट प्रेसिडेन्ट जमुना पौडेलले एउटा कक्षाकोठाको लागि कार्पेट, कोषाध्यक्ष सञ्जिवना आचार्यले भलिबल, प्रोजेक्ट डाईरेक्टर सोनाली गुरुङले व्याडमिन्टन सेट, मेम्बरसिप डाईरेक्टर पार्वती ज्ञवालीबाट क्यारेमबोर्ड, सहसम्पादक सरस्वती पन्थीबाट बिस्कुट र सदस्यहरु श्रृष्टि गुरुङबाट क्रिकेट सेट र समा परविनले भलिबल र नेट गरी करिब १२ हजार रुपैया बराबरको सामाग्रीहरु सौजन्य गर्नुभएको थियो ।

SHARE