३५ प्रतिशत महिलामा आङ खस्ने समस्या

6

 

भगवती पाण्डे,
बुटवल, भदौ ३०
अस्पताल तथा स्वास्थ्य संस्थाको पहुंचमा रहेका ३५ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको एक अध्ययनले देखाएको छ । शिक्षा तथा चेतनाको अभावमा आङ खस्ने समस्याबाट पिडीत भएपनि अस्पतालको पहुंचमा आउन नसकेका महिलाहरुको संख्या पनि ठूलो रहेको छ ।
वातावरणिय कृषि तथा विकास केन्द्र काठमाण्डौको सहयोगमा श्रृजनशिल समाज नेपालले शुक्रबार आयोजना गरेको आङ खस्ने सवाल र यौन तथा प्रजनन् स्वास्थ्य अधिकार विषयक सञ्चारकर्मीहरुसग अन्तरकृया कार्यक्रममा उक्त जानकारी गराईएको हो ।
आङ खस्ने तथा प्रजनन् सम्बन्धि समस्या महिला स्वास्थ्यको प्रमुख समस्या रहेपनि यी महिलाहरुका मात्र समस्या हुन् भन्ने सामाजिक संरचनाको कारण यस्ता विषयहरु बाहिर आउन सकेका छैनन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपमेयर गोमादेवी आचार्यले महिला स्वास्थ्याका समस्या परिवार, समाज र देशकै समस्या हो भन्ने बुझाई नआउंदा सम्म यस्ता समस्या समाधान नहुने बताईन् ।
उनले स्थानीय तहको निर्वाचन सम्पन्न भएसंगै केन्द्रका हरेक जिम्मेवारी संगै स्वास्थ्यका जिम्मेवारी र अधिकारहरु पनि स्थानीय तहमा आएको उल्लेख गर्दै बुटवल उपमहानगरपालिकाले पनि आमासुरक्ष्ाँ कार्यक्रम र महिला स्वास्थ्यको क्ष्ँेत्रमा योजना बनाएको बताईन् ।
पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष्ँ दिनेश पाण्डेले रोगको उपचार संगै रोग लाग्न नदिने रोकथामका उपायहरु पनि मिडीयाले उठान गर्नुपर्ने बताए । उनले महिलाहरुको स्वास्थ्यको क्ष्ँेत्रमा समुदाय र सरकारको खासै ध्यान पुग्न नसकेको भन्दै मिडीयाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
वातावरणिय कृषि तथा विकास केन्द्रका कार्यकारी निर्देशक समिता प्रधानले अझैपनि महिला र पुरुषको विचमा रहेको विभेदका कारण अधिकांश परिवारमा महिलाको स्वास्थ्यलाई प्राथमिकता नदिएको बताए ।
सिर्जनशिल समाज नेपालका अध्यक्ष रिमा विसीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा महिला तथा प्रशुती रोग विशेषज्ञ डा. शकुन्तला गुप्ता, वातावरणिय कृषि तथा विकास केन्द्रका अरुणा चौधरी, सुरेश भट्टराई, गैर सरकारी संस्था महासंघ रुपन्देहीका सचिव धर्मराज घिमिरे लगायतले महिला तथा प्रजनन् स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सरकारले उपचार गर्ने मात्र होईन रोकथाम गर्ने निती समेत बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा १२ जिल्लामा कार्यरत ३० जना बढि पत्रकारहरुको सहभागिता रहेको थियो ।

SHARE