दशै नजिकियो शिक्षकलाई तलव खुवाउनै पिरलो ।

13

बुटवल भदौं २९
सुविधा सम्पन्न विद्यालयहरुकै बीचमा बुटवल उपमहनगरपालिका वडा नं. ११ मा रहेको मायादेवी जनजागृती आधारभुत विद्यालयमा दशै पर्व नजिकिए संगै शिक्षकलाई तलब खुवाउने पिरलो बढेको छ । सामान्य परिबारका बालबच्चाले पढ्ने उक्त विद्यालयमा न त प्रयाप्त शिक्षक छन् न त विद्यालय नै सुविधा सम्पन्न छ ।
न्युन तलबमा भएपनि काम गर्ने शिक्षक कर्मचारीलाई दशैमा कसरी तलब दिने भन्ने पिरमा यतिबेला विद्यालय व्यवस्थापन समिति छ । गतबर्ष समितिका अध्यक्ष धन बहादुर गुरुङले पेन्सन बुझेरै भएपनि तलब खुवाएकोमा कहि कतैबाट पैसा नजुटे यस पटक पनि पेन्सन बाटै तलव खुवाउने अध्यक्ष गुरुङको योजना छ ।
वि.स २०६६ सालमा स्थापना भएको विद्यालयमा अहिले भर्ना भएका विद्यार्थीको संख्या ८० भएपनि मुस्किलले विद्यालयमा उपस्थित हुनेको संख्या ४० देखि ५० जना रहेका छन् । सुकुम्बासी क्षेत्रको दुई नहरको बीचमा रहेको विद्यालयमा बैशाखदेखि चैतसम्म नै विद्यालयमा विद्यार्थी भर्ना हुने गर्दछन् । विद्यालयका प्राचार्य माधव लोहनीले सुकुम्बासी क्षेत्रका बालबालिकाहरुले अध्ययन गर्ने विद्यालयले समस्याकै बीचमा सञ्चालनमा आएको बताउनुहुन्छ ।
५ कठ्ठा क्ष्ँेत्रफलमा फैलिएको उक्त विद्यालयमा टिनको छाना रहेकोले गर्मियाममा विद्यार्थीहरुलाई पढाउन निकै समस्या हुने गरेको छ । आर्थिकवर्ष ०७२÷०७३ मा जिल्ला शिक्षा कार्यालयको सहयोगमा भवन बनेपनि अहिले न त बस्ने बेन्च छन् न त विद्यार्थीहरुलाई पढाउने शिक्षक छन् । ५ जना शिक्षक रहेको विद्यालयमा १ जना दरबन्दी, १ बालकोटा र १ जना विद्यालय सहयोगीलाई शिक्षा कार्यालयले केही रकम दिने भएपनि अन्य ३ जना शिक्षकले भने बस्ती विकास समितिको निजी श्रोतबाट तलव पाउने गरेका छन् ।
शिक्षा कार्यालयको ३ लाख सहयोग पाएपछि निर्माण थालिएको ३ कोठे भवन अहिले पैसाको अभावमा पिल्लर मात्र गाढेर छाड्नु परेको विद्यालयले जनाएको छ । नहरको छेउमा केटाकेटीहरुले प्लाष्टिकका पोकाहरु जम्मा गरेको देखेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर गुरुङले आफ्नै घरमा ९ महिनासम्म शिक्षक राखेर केही विद्यँर्थीहरुलाई पढाउने गरेको बताउनुभयो ।
शिक्षकलाई तलव खुवाउन नसकेपछि २ बर्षपछि मात्र उहांले मायादेवी स्कुलको स्थापनामा लागेको बताउनुहुन्छ । सामाजिक क्लवहरुलाई हार गुहार गरेर विद्यार्थीलाई विद्यालय सम्म तान्ने गरी कापि, कलम स्कुलबाटै पुराउने गरेको उहांको भनाई छ ।

SHARE