रुपन्देहीका युवाले बनाए बिद्युतिय डोजर

15

भैरहवा, २७ भदौ ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाका एक युवाले विद्युतिय डोजर बनाएका छन् । काठको काम गर्दै आएका ओमसतिया २ का २३ वर्षीय ऋषिमुनि मल्लाहले विद्युतिय डोजर बनाएका हुन् ।
कुनै आर्थिक खर्च नगरी घरमा रहेको साम्रगीले डोजर बनाएको उहाँले बताउनुभयो । उहाँले साम्रगीको अभावमा मिहनेतले २ वर्षमा डोजर बनाएको बताउनुभयो । कक्षा ८ सम्म अध्यनन गर्नुभएका मल्लाहले बनाएको डोजरले माटो खन्ने, माटो उठाएर फाल्ने गर्दछ । ६ वटा साना मोटर, दुई वटा मोबाइलको ब्याट्री, जस्ता पाता, काठ लगायत साम्रगीले विद्युतिय डोजर बनाएको मल्लाहले बताउनुभयो ।
गेयरले चल्ने डोजरलाई गेयर जस्तै उहाँले रिमोटबाट चलाउने गर्नुहुन्छ । डोजर जस्तै घुम्नु, अगाडी, पछाडी आउने लगायत सबै डोजरले गर्ने काम उहाँले बनाएको डोजरले गर्दछ । उहाँले आकाशमा उड्ने हेलिकप्टर बनाउने इच्छा रहेको कारण अगामी दिनमा हेलिकप्टर समेत बनाउने बताउनुभयो । विभिन्न किसिमका वस्तुहरु बनाउने इच्छा रहे पनि आर्थिक अभावमा बनाउन नसकेको उहाँले दुःखेसो गर्नुभयो ।
एक पटक चार्ज गरेमा एक घण्टासम्म डोजर चल्न सक्छ । घरमा विभिन्न किसिमका प्लाष्टिकका खेलाउना देखेर आफूलाई आफै डोजर बनाउने इच्छा जागेको उहाँले बताउनुभयो । यस अघि मल्लाहले यस्तै किसिमका मोटरसाइकल, स्टिमर समेत बनाएको बताउनुभयो ।

 

SHARE