शिक्षा दिवसमा नवलपरासीका अग्रजहरु सम्मानीत

17

 

रामग्राम । ३८ औँ राष्ट्रिय शिक्षा तथा अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आज नवलपरासीका शिक्षा, मानवअधिकार तथा समाजसेवमा क्रियाशिल व्यक्तीत्वहरु सम्मानीत भएका छन् । रामग्राम साप्ताहिक पत्रिका परासी र हेल्पीङ हेन्डस् परासीद्धारा स्थापित प्रकाश सञ्जय अक्षय कोष मार्फत आज परासीमा आयोजित एक समारोहमा शिक्षा, मानवअधिकार तथा समाजसेवामा योगदान पुराएका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
यसरी सम्मानीत हुनेमा शिक्षा क्षेत्रबबाट पवन मावि परासीका संस्थापक प्रधानाध्यापक सावित्री प्रधान, सोही विद्यालयका पुर्व प्रधानाध्यापकहरु देवेन्द्रकुमार सिंह र विजयालक्ष्मी पाण्डेय, आर्दश मावि परासीका पुर्व प्रधानाध्यापक शिवप्रसाद यादव, महाकवि देवकोटा क्याम्पस सुनवलका अध्यक्ष कृष्णप्रसाद लामिछाने, त्रिभुवन क्याम्पस बेलाटारीका पुर्व प्रमुख सत्यदेव पाण्डे, जनता मावि मनरीका पुर्व प्रधानाध्यापक मोहनप्रसाद शर्मा रहनुभएको छ भने मानवअधिकारको क्षेत्रबाट मानवअधिकार संगठन नवलपरासीका अध्यक्ष कैलाश ठाकुर,ईन्सेकका जिल्ला प्रतिनिधि नारायण पराजुली, उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष रामजी ज्ञवाली, समाजसेवी कौशलेन्द्रबहादुर श्रीवास्तव रहनुभएको छ ।
यसैगरी प्रकाश उषा छात्रबृत्तिबाट रामग्राम नगरपालिका भित्रका सामुदायिक विद्यालयबाट प्रवेशिका परिक्षा २०७३ मा सर्वाेत्कृष्ट अंक ल्याउन सफल पवन मावि परासीका मन्दिप हरिजन र जनता मावि शुक्रौलीका नाजामिन खानलाई नगद रु तीन हजार सहित छात्रबृत्ति प्रदान गरिएको थियो ।
रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ता, उपप्रमुख रम्भा कुंवर, जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरे, रामग्राम साप्ताहिक पत्रिकाका प्रकाशक शम्भु उपाध्याय र प्रकाश सञ्जय अक्षय कोषका संयोजक सन्जय शर्माले संयुक्त उहाँहरुलाई सम्मान पत्र, दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । पवन माविका पुर्व शिक्षक हाल अमेरिका निवासी प्रकाशचन्द्र श्रेष्ठबाट रु तीन लाख र परासी निवासी सन्जय शर्माबाट रु एक लाख गरि चार लाखको अक्षय कोष स्थापना गरिएको हो । कोषमार्फत हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुराउने व्यक्तिहरुलाई सम्मान गरिने अक्षय कोषका संयोजक शर्माले बताउनुभयो ।
रामग्राम साप्ताहिक पत्रिकाका प्रकाशक शम्भु उपाध्यायको अध्यक्षता तथा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरे, पत्रिकाका सल्लाहकार पुरनप्रसाद चौधरी, नवलपरासी बार एसोसिएसनका अध्यक्ष कृष्ण सिग्देल, सम्मानीत व्यक्तिहरुबाट महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पत्रिकाका सम्पादक वेनिमाधव वस्यालको सन्चालन, कार्यकारी सम्पादक मोहन पौडेलको स्वागत र कोषका संयोजक सन्जय शर्माबाट कार्यक्रमको औचित्यबारे प्रकाश पारिएको थियो । गत चैत्र २१ गतेबाट प्रकाशन प्रारम्भ गरेको रामग्राम साप्ताहिक पत्रिकाले सामाजिक दायित्व बहन गर्दै समय समयमा विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

SHARE