सवारी दुर्घटना न्यूनीकरणमा युवा विद्यार्थी वर्गको भूमिका।

42

सर्वप्रथम हामीले यो जान्न जरुरी छ कि दुर्घटना भनेको के हो ?

सामान्यतया कुनैपनि व्यक्तीले यात्राको लागि सवारी साधन वा चालक दुबैको प्रयोग गर्दै गर्दा सडकमा अचानक आइपर्ने अप्रिय वा कष्टपुर्ण घटना सवारी दुर्घटना हो।

अर्थात सवारी साधनको प्रयोग गर्दैगर्दा साधन अचानक काबु भन्दा बाहिर जानू वा नियन्त्रण नभइ सडकमा घट्ने एक आकस्मिक घटना नै सवारी दुर्घटना हो।

नेपालको सन्दर्भमा बोल्ने हो भने सवारी दुर्घटना एक जटिल र बिकराल अवस्थाम भैरहेको छ।हामी बर्सेनि आफ्ना दाजुभाइ, इष्टमित्र सबैलाई सवारी दुर्घटनाबाट गुमाउन बाध्य छौं ।

२५ बर्षको छोरो सवारी दुर्घटनाबाट अकालमै मृत्युवरण गर्दै गर्दा ७५ वर्षको बाबुले घरमा क्रिया गरेर बसेको तथ्य पाइन्छ , तिहारमा भाइटीका लगाइदिने दाइभाइको सवारी दुर्घटना कै कारण मृत्यु हुँदा दिदिबहिनी तस्वीर हेरेर रुनुपरेको पीडा छ।यस्ता-यस्ता पारिवारिक पीडा लगभग हाम्रो समाजले भोग्दै आइरहेका छन्।

आखिर किन हामी सवारी दुर्घटनाका सिकार दिनानुदिन हुँदै गएका छौं ? आउनुहोस् यस्का बारेमा छलफल गरौं ।

दुर्घटना कहिल्यैपनि सूचना दिएर या बाजा बजाएर आउने गर्दैन यद्यपि यसबारे हामी पुर्व सचेत भने हुन सक्छौं । तर हामी त्यो पनि हुननसक्दा यस्को सिकार बन्दै गइरहेका छौं ।

उदाहरणको लागि १७ वर्षमा छोराले

एस.ई इ पास गर्यो भने उस्ले उपहारमा पल्सर बाइक माग्दछ , परिवारले पनि उसलाई उपहार दिन्छन् । छोरोमा त्यो साधन  नियन्त्रण गर्न सक्ने सामर्थ्य भएकै छैन र उ त्यही साधनकै कमजोरीले दुर्घटनामा ज्यान गुमाएको हुन्छ।

हामी सवारी चालक अनुमती पत्र बिना पनि सवारी साधनको जथाभावी प्रयोग गर्दछौं ।गतिको नियन्त्रण सहि ढंगले गर्न सक्दैनौं अनि किन हुँदैन दुर्घटना ?

हामी मादक पदार्थ सेवन गरेर सवारी चलाउछौ अनि प्रहरीलाई नै छलेर अर्को बाटो भाग्छौ अनि किन हुँदैन दुर्घटना ? बिना हेल्मेट एउटा बाइकमा ३-४जना बसेर हिंड्छौँ अनि किन हुँदैन दुर्घटना ?

हामी आफैले यस्ता यस्ता कमजोरी गर्नाले नै सवारी दुर्घटना भैरहेका छन् ।

अब दुर्घटना न्यूनीकरण भन्नाले दुर्घटना कम गर्नु वा यस्को दर घटाउनु भन्ने बुझिन्छ ।यस्का लागि युवा विद्यार्थी वर्गको भूमिकाको बारेमा चर्चा गर्दा; युवा विद्यार्थी भनेका त्यस्ता सामर्थ्य बोकेका शक्ति हुन् जस्ले हिटलर स्वभाव भएकालाई पनि शान्तिका मन र आखा भरिदिने हैसियत राख्दछ्न्।विद्यार्थी नै त्यो शक्ति हो जस्ले समाज र राष्ट्रलाई एक नयाँ युगान्तकारी सोच र बिचार सहित परिवर्तन गर्ने शाहस राख्दछन्। त्यस्मा पनि युवा विद्यार्थी त्यो समूह हो जो यो राष्ट्रको लागि निस्कलन्क , निस्कपट र निस्वार्थ भावनाले    सेवा पुर्याउन सक्छ।तर्सथ अब दुर्घटना न्यूनीकरण अभियानमा युवा विद्यार्थी वर्ग कै भुमिकाको महत्त्वपूर्ण हात र साथलाई लिन जरुरी छ।

अब हरेक युवा विद्यार्थीले दुर्घटनाका कारण र बच्ने उपाय सम्बन्धि चेतना फैलाउन हरेक जन- जन को  आगनमा पुग्न जरुरी छ।अब विद्यार्थी ले चोक- चौराहमा राखिएका ठुला ठुला प्रचारक बोर्ड हटाउनु पर्दछ, मादक पदार्थ सेवन गर्न र गराउन बन्द गर्नु पर्दछ, यदि सवारी साधनमा यात्रुको भिड धेरै भए जबर जस्ती छत वा झुन्डिएर जाने मुर्खता त्याग्नु पर्दछ र यदि कहिँ कतै सवारी चालक ले लापरबाही गरेको देखेमा प्रहरीलाई सूचना दिने गर्नुपर्दछ।यति मात्रै गर्न सक्यौं भने पनि दुर्घटना कम हुन सक्छ।

त्यसो त दुर्घटना हुनुका आफ्नै आफ्नै कारणहरु छन् , जस्तो सवारी चालक , ट्राफिक प्रहरी , सवारी प्रयोग कर्ता, पैदल यात्री , फितलो कानुनी प्रक्रिया आदि सबैका कमजोरी पनि छन् ।जस्तो प्रहरीले इमानदार भएर काम नगर्नु, सवारी चालक ले जबरजस्ती यात्रु लैजान खोज्नु , सवारी प्रयोगकर्ताले हतार गरेर पुग्न खोज्नु ,पैदल यात्रीलाई सडक पार गर्दा जेब्राक्रसिङ बाट पार गर्ने कुराको चेतना नहुनु आदि।

चालकले पनि बिरालो ले बाटो काट्दा ब्रेक मार्दिन्छन् तर पैदल यात्रुले बाटो पार गर्दा गति सिमित गर्न सक्दैनौं ।

नेपालको।सन्दर्भमा त झन् यातायात आयातमा असन्तुलन छ, सडक विस्तारमा सुस्तता छ , सडकको अतिक्रमण छ,  देशमा जिर्ण सडक छ, चेतनाको अभाव छ र राजनैतिक अस्स्थिरता छ।अनि कसरी हुँदैन दुर्घटना ?

अब यी सबै कुरामा दोष लगाएर बस्ने , गर्ने प्रहरी छ , प्रशासन छ, राज्य छ, सरकार छ भन्दै बस्नु हाम्रो मुर्खता हो।

त्यसैले आउनुहोस् अब हामी जस्ले जहाँ बाट जति सक्छौं त्यति गरौं ।

अब राज्यले युवा विद्यार्थी वर्गलाई दुर्घटना न्यूनीकरण अभियानमा निम्न ढंगबाट परिचालन गर्न सक्नु पर्दछ ;

विद्यार्थी वर्गलाई क्षेत्रीय स्तरमा सवारी चालक केन्द्रको स्थापना गरि तालिम सञ्चारलन गर्ने, विद्यार्थी वर्गले सडक सुरक्षा विषयका पाठ्यसामग्री तयार पारी हरेक विद्यालय, समाज र सार्वजनिक स्थानमा गइ प्रचार – प्रसार गर्ने , सडक सुरक्षा बारे जन- चेतना मुलक नाटक सञ्चालन गर्ने गर्नुपर्दछ।

वास्तवमै नियम तथा कानुन बनेपनि व्यक्तिको अन्तरमुखी स्वार्थ ,निजी इक्ष्या , भावनामा प्रेरित र अति व्यक्तिवादी सोचले राष्ट्रमा पुर्याउने क्षति अनि जनताले भोग्नुपर्ने सास्ती , स्वार्थलिप्त ऐन-कानुन ,राजनीतिक अस्थिरता , सामाजिक , आर्थिक फोहोर संकटलाई पखालेर पवित्र पारी सडक दुर्घटना न्यूनीकरणमा नीतिगत एवम् व्यवहारात्मक पाठ सिकाइ सवारी दुर्घटनालाई हदै सम्म कम गर्ने कुरामा दुईमत छैन ।र

अन्तमा ; म स्वयम् एक युवा विद्यार्थी भएको नाताले यो भन्न सक्छु कि

दुर्घटनामा धेरै पर्ने पनि युवा ,पार्ने पनि युवा

मर्ने पनि युवा , मार्ने पनि युवा

तिव्र गतिमा चल्ने पनि युवा, ढल्ने पनि युवा ।

त्यसैले अब हामी सबैले यति हेक्का राख्न जरुरी छ कि –

” प्रतिस्पर्धा अब गतिमा होइन , सुरक्षामा गरौँ ।”

आफू पनि बाचौ र अरुलाई पनि बचाउ ।

आजै बाट राज्यका सबै पक्ष यस्मा जिम्मेवार भएर लागौं ।

धन्यवाद

 

SHARE