शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

14

भैरहवा, १९ साउन ।
रुपन्देहीको रोहिणी गाउँपलिकाको धकधई क्षेत्रमा पर्ने सेमरास्थित पजरकट्टी माध्यमिक विद्यालयका एक शिक्षकले आफुले अध्यापन गराउने विद्यार्थीलाई विद्यालयमा कुटपिट गरी घाइते गराएका छन् ।
बुधबार दिउँसो कक्षा पाँचमा अध्ययनरत १० बर्षका समसुद्धिन धोवीलाई शिक्षकले कुटपटि गरेका हुन् । कुटपिटबाट धोवी घाइते भएका छन् । उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । शिक्षक रामबृक्ष यादवले उक्त बिद्यार्थीलाइ कुटपिट गरेको बिद्यालयका प्रधानाध्यापक पूर्णवासी प्रसाद गुप्ताले बताउनुभयो । पिडक शिक्षकलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रधानाध्यापक गुप्ताका अनुसार उक्त बालक दिउँसोको समयमा पानी खान भनी बाहिर निस्कीएको बेला शिक्षक यादव कक्षामा प्रबेश गरेका थिए र पछि बिद्यार्थी बाहिरबाट आएपछि कहाँ गएको भन्दै कुटपिट गरेका हुन् । स्थानीय ताहिर अलीले विद्यार्थी कुट्ने शिक्षकलाई कारवाही हुनुपर्ने बताउनुभयो । उहाँले ऐन कानुनमा पनि शिक्षकले विद्यार्थीलाई कुनै पनि बहानामा कुटपिट गर्न नपाउने ब्यवस्था भएको बताउनुभयो ।
यसरी बिद्यार्थीलाई शिक्षा र ज्ञानका कुरा सिकाउने निकायमै बिद्यार्थीहरु सुरक्षित नभएपछि सो क्षेत्रका स्थानीय बासीहरु आक्रोसित भएका छन् । घटना लगत्तै बिहिबार बिद्यालय परिसरमा स्थानीय अभिभावक तथा राजपा विद्यार्थी संगठन रुपन्देहीले विद्यालय घेराउ गरि तालाबन्दी गरि नाराबाजी गरेका थिए ।

SHARE