कसरी बिग्र्यो रुपन्देहीको खेती योग्य जमिन ?

20

रुपन्देही कुनैबेला नेपालको अन्न भण्डारको रुपमा चिनिन्थ्यो । सिंचाईको प्रयाप्त सुबिधा, उष्णप्रदेशीय हावापनी मेहनती किसान र प्रयाप्त खेतियोग्य जमिन भएको रुपन्देहीले मुलुकको कुल ग्राहस्थ उत्पादनमा समेत महत्वपुर्ण योगदान गरेको तथ्यांक छ । रोजगारीमा कृर्षि क्षेत्रको योगदान ६०.२ प्रतिसत, कुल ग्राहस्थ उत्पादनमा ३१.७ प्रतिसत,योगदान गरेको छ । यसले के देखाउछ भने नेपालको राष्ट्रिय अर्थतन्त्रमा कृषिले महत्वपुर्ण योगदान गरेको छ ।

रुपन्देही कुनैबेला नेपालको अन्न भण्डारको रुपमा चिनिन्थ्यो । सिंचाईको प्रयाप्त सुबिधा, उष्णप्रदेशीय हावापनी मेहनती किसान र प्रयाप्त खेतियोग्य जमिन भएको रुपन्देहीले मुलुकको कुल ग्राहस्थ उत्पादनमा समेत महत्वपुर्ण योगदान गरेको तथ्यांक छ । रोजगारीमा कृर्षि क्षेत्रको योगदान ६०.२ प्रतिसत, कुल ग्राहस्थ उत्पादनमा ३१.७ प्रतिसत,योगदान गरेको छ । यसले के देखाउछ भने नेपालको राष्ट्रिय अर्थतन्त्रमा कृषिले महत्वपुर्ण योगदान गरेको छ ।

कुनैबेला आफ्नो खेतियोग्य जमिन बाझै राखेर कामको खोजिमा बिदेशी भुमीमा पसिना बगाउन गएकाहरु समेत फर्किएर कृर्षीमै लाग्न थालेपछि अव फेरी नेपाल कृर्षिप्रधान देश भनेर लगाउने गरीएको नारा सार्थक हुने आशा गर्न सकिन्छ । खेतियोग्य जमिनलाई खण्डीकरण गर्ने, ब्यवसायको नाममा लाथालिंग ढंगले प्लटिङ्ग गर्ने जस्ता समस्या रुपन्देहीको मात्र समस्या होईन,देश भरीकै समस्याको रुपमा रहेको छ । अझ खेतियोग्य जमिनको संरक्षण गर्नुपर्छ,जमिन बाझो राख्न हुदैन भनेर कुनै बेला प्रशिक्षण चलाउनेहरु नै अहिले जग्गाका ब्यापारी बनेर तिनै किसानका जग्गा खरिद गर्ने अभियानमा लागेका छन । यो अहिलेको कृर्षिको क्षेत्रको बिकासको प्रमुख दुस्मन हो ।

पार्टिको बैठक, भेला वा बिभिन्न कार्यक्रममा पुग्ने र त्यसैलाई जग्गाको कारोवारको सम्पर्क केन्द्रको रुपमा प्रयोग गर्ने, पार्टिको काममा देखिए जस्तो गरेर फुत्त कुना पस्नेहरुको कारणले रुपन्देहीको जमिन बाझो हुने अवस्थामा पुगेको छ । सवारी साधनमा जग्गा नाप्ने फिता नभएका पार्टिका नेताहरु पाईन छोडेको गुनासो बिभिन्न पार्टिका ईमान्दार कार्यकर्तँहरुमा रहेको छ ।  पार्टि कार्यालयका कुनामा तमसुक जम्मा पार्ने सम्मका काम हुन थालेका छन । बिद्यालय वा कलेजलाई जग्गाको खरिद बिक्री केन्द्र बनाउने,बिद्यालय वा कलेजको नाममा भन्दै जमिन किन्ने र सिमीत ब्यक्तिहरुले बिक्रि गरी नाफा आर्जन गर्ने गरीएको पाईन्छ, यो एउटा रुपन्देहीको खेतियोग्य जमिन समाप्त हुने संकेत हुन सक्छ ।

२०७३ सम्म आई पुग्दा १० लाख ३५ हजार १ सय ४४ कित्ता जमिन पुगेको छ । जसमध्ये करीव २ लाख कित्ता जमिन सरकारी र अर्ध सरकारी निकायको रहेको जिल्ला मालपोत कार्यालय रुपन्देहीको अभिलेखबाट देखिन्छ । रुपन्देहीमा कित्ता संख्या बढनुको प्रमुख कारण प्लटिङ्ग नै हो भने परिवारमा छुट्टि भिन्न हुनु र अंशबण्डा हुनु अर्को कारण हो । मालपोतको अभिलेखलाई हेर्दा दैनिक रुपमा हुने नामसारी र कित्ताकाटको ८० प्रतिसत भन्दा बढी जग्गाको कारोवारका कारण कित्ताकाट हुने गरेको छ
भौगोलीक अवस्था र पृष्ठभुमी पुर्वमा नवलपरासी, पश्चिममा कपिलबस्तु दक्षिणमा भारत र उत्तरमा पाल्पा चौकिल्ला रहेको रुपन्देही जिल्लाको क्षेत्रफल १ लाख ४१ हजार ३६७ हेक्टर रहेको छ । समुन्द्री सतहबाट १ सय देखि १ हजार २ सय २९ मिटर सम्म उचाइ रहेको यो जिल्लामा १ हजार ३ सय ९१ मी.मी. औषत बर्षा हुने गर्दछ ।

सिंचाइका लागी प्रयाप्त सुबिधा भनिए पनि यहाको कुल क्षेत्रफलको ५८.४५ प्रतिसत अर्थात ८२ हजार ६ सय २२ हेक्टर जमिन खेतियोग्य जमिनको रुपमा रहेको छ । तर पछिल्लो अध्यायन अनुसार ८० हजार १ सय २२ हेक्टर जमिनमा मात्र खेती गरीएको छ । यसरी हेर्दा रुपन्देहीको करिव ४४ प्रतिसत जमिना खाली छ या भौतिक संरचनाहरु निर्माण भएका छन ।  तिनाउ, दानव, रोहीणी, कञ्चन, बघेला,कोठी, डण्डा र कोईलीझाङ जस्ता महतवपुर्ण नदिहरुबाट सिंचाई सुबिधा भएपनि १० हजार ३ सय २२ हेक्टर अर्थात कुल खेतियोग्य जमिनको १२.८८ प्रतिसत जमिन मात्र बर्षभरी सिंचाई हुने जमिनको रुपमा रहेको छ । भने ४७ हजार ६ सय ६७ हेक्टर क्षेत्रफल जमिन आंशिक सिंचाई हुने जमिनमा पर्दछ । पछिल्लो जनगणना २०६८ को तथ्यांक अनुसार रुपन्देहीको जनसंख्या ८ लाख ८० हजार १९६ रहेको भनिए पनि हाल त्यो बढेर १० लाख नाघेको अनुमान गरिएको छ ।

अहिले पनि रुपन्देहीको ७० प्रतिसत परिवार पुर्ण रुपले कृषिमा आश्रित रहेको छ । रुपन्देही शिशु जन्मदरका हिसावले मात्र होईन, यहाको भौतिक सुबिधा र सम्पन्नता रोजगारीका अवसरको श्रृजना, शिक्षा र स्वास्थ्यमा बढदो पहुंचका कारणले बसाई सरेर आउनेहरुको संख्या ह्वात्तै बढेको छ ।

कृर्षिका बिभिन्न क्षेत्रहरुमा रुपन्देहीको अवस्था कृर्षिका पकेट क्षेत्रहरु


रुपन्देहीको खेतियोग्य जमिन मध्ये बषर््ँभरी सिंचाइ हुने नजमिन अन्तरगत तिनाउ दानव, रोहीणी कञ्चन आदी नदि किनारका जमिनहरु हुन । ति नदि किनारमा रहेका खेतियोग्य जमिन अहिले जग्गा ब्यापारीहरुको ब्यापारका केन्द्र बनेका छन । प्राय गरेर पहाडी समुदायको बाहुलयता रहेको यो क्षेत्रको अधिकांश भागमा अव एक मुष्ट एक बिगाह जमिन पाउन कठिन हुदै गएको छ । तिनाउ नदिबाट १६ मौजा र ३६ मौजा सिंचाई प्रणाली अन्तर्गत ५ हजार हेक्टर क्षेत्रफलको खेतियोग्य जमिनमा सिंचाई हुने गरेको छ भने त्यो भन्दा बढी क्षेत्रफल सिंचाई गर्ने चार तपाह र मर्चवार लिफ्ट सिंचाई प्रणाली यहाका किसानका लागि बरदान हुन । यसै गरी रुपन्देहीमा करीव २० वटा साना ठुला सिंचाई आयोजना तथा नहरहरु छन ।

बिशेष गरेर अहिले १६ मौजा, ३६ मौजा र चार तपाह सिंचाई प्रणलीबाट सिंचीत हुने खेतियोग्य जमिन मध्ये करीव ९ सय हेक्टर क्षेत्रफल जग्गा ब्यापारीहरुको कब्जामा रहेको पाईन्छ । यो जमिन अव खेतिका लागी नभई आवासिय रुपमा प्रयोग हुने निश्चित छ ।  सिंचाई प्रणालीहरुबाट रुपन्देहीका उत्तरी भेगको जमिन सिंचाई हुने क्षेत्रमा अर्को  समस्या प्लाष्टिकको प्रयोग भएको छ । सहरी क्षेत्रमा प्रयोग गरीने प्लाष्टिकको प्रयोगले किसानहरु अक्रान्त छन ।

बजारबाट सामान खरीद गर्दा ल्याउने प्रयोगहरु नदि तथा तपाह र कुलोको  किनारमा फाल्ने गरेका कारण ति प्लाष्टिकहरु  किसानको खेतमा पुग्ने गरेको पाईन्छ । खेतियोग्य जमिनका लागि अर्को दुर्भाग्य सहरीकरण पनि हो बढदो सहरीकर संगै यो समस्याले जमिन मात्र होईन भुमिगत पानीका लागि समेत प्रभावित गरेको छ । साना साना घडेरीका टुक्रा बनाउने साना साना सडक र गल्ली बनाउने , घर कम्पाउण्ड र बचेको थोरै जमिन पनि ढलाई गर्ने गर्दा बेला बखतमा आकासबाट आउने पनि समेत जमीन मुनी पुग्न नपाउने अवस्था रहेको छ । जसका कारण भुमिगत पानीको बलियो श्रोत कमजोर बन्दै गएको छ । केही बर्ष पहिला सम्म जिल्लाको उत्तरी क्षेत्रका धेरै ठाउमा सहज ढंगले चापाकलमा पानी आउने गरेको भए पनि पछिल्लो समय पानी तान्न निकै कठिन छ ।


रुपन्देहीमा केही बालिहरुको उत्पादन बढाउन जिल्ला कृर्षि बिकास कार्यालयले केहि प्राथमिकता प्राप्त बालिहरुको सुची तयार गरेर काम गरेको देखिन्छ तर ति क्षेत्रमा पनि केही अगुवा र टाठा बाठाहरुको पहुचमा मात्र सिमीत रहदा बास्तबिक किसानहरु त्यसको उपभोगमा बञ्चित देखिन्छन । बिभिन्न परियोजना र कम्पनीका नाममा टाठाबाठाहरुले सरकारी सुबिधा उपभोग गर्ने गरेको अवस्था रुपन्देहीमा बिद्यमान छ । जिल्लमा प्राथमिकता प्राप्त बालिहरुको रुपमा रहेको च्याउ, माछा,मौरी तरकारी, कुखुरा पालन, गाई पालन जस्ता योजनाहरुमा अधिकासं सर्वसाधारण किसानले थाहै पाउदैनन भने  थाह पाउनेहरुको पनि त्यहा सम्म पहुंच पुग्न सकेको पार्इैदैन ।

रुपन्देहीमा बर्षेनी ३० करोड हाराहरीको बिउ बिजनको कारोबार हुने गरेको तथ्यांक जिल्ला कृर्षि बिकास कायँृलय संग छ । बढी कारोवार हुने बिउ बिजनमा २ दुई हजार १ सय  मेटिक टन धानको बिउ मध्ये ८ सय  टन धानको बिउ र २ हजार ५ सय मेटिक टन गहुंको बिउ मध्ये १२ टन बिउ प्रत्येक बर्ष जिल्ला बाहिर बिक्री हुने गरेको पाईन्छ । यसका साथै प्रत्येकबर्ष रुपन्देहीमा ४ मेटिकटन मसूरोको बिउको कारोवार हुने गरेको छ ।

रुपन्देहीमा उत्पादन हुने धान र गहुंको बिउ मध्ये गहुं र धानको राधा ४ नामक बिउ भारतीय बजारमा समेत अध्याधिक माग रहेको पाईन्छ ।  जिल्लामा अत्याधिक उत्पादन हुने तरकारी, तोरी, केराउ, चना, मूँग, मास, सूर्यमुखी, अरहर, मसला बाली आदिको बीउ उत्पादन नभएकोले अन्य जिल्ला वा बिदेशबाट आयातमै निर्भर हुनु परेको अवस्था छ  ।रुपन्देहीका किसानहरु आफ्नो उत्पादन बढाउनका लागि पछिल्लो समय हाईब्रिड जातका बिउ बिजनको प्रयोगमा उन्मुख हुदै गएका छन धान, गहं र मसुरो बाहेकका अन्य उत्पादनमा भारतीय र अन्य बहुराष्टिय कम्पनीका हाईब्रिड बिउ बिजनहरुको प्रयोग बढदै गएको छ ।

जसले गर्दा केही समय उत्पादन बढदै गएको देखिए पनि यहाको मौसम र बिसादीको प्रयोग बिना ति बिउ बिजनबाट उत्पादीत बिरुवाहरुले फल दिने होईन कि भन्ने आशंका बढदै जान थालेको छ ।  एका तर्फ बिषदीको प्रयोग बिना फल नदिने र बिषदीको प्रयोगले बिषदी प्रयोगकर्तँमा मात्र होईन उतपादीत बस्तुको सेवन गर्ने उपभोक्तामा समेत बिभिन्न जटिल र दीर्घकालिन प्रकारका रोगहरुको संक्रमण हुने प्रवल सम्भावना रहेको छ ।

हाईब्रिड जातको प्रयोग क्रस बालिको नाम बर्तमान अवस्था १ धान करिब ४० प्रतिशत क्षेत्रफलमा धानका बिभिन्न भारतीय तथा चाईनिज हाईब्रिड जातहरुको प्रयोग  भएको २ गहुं हाईब्रिड जातको प्रयोग नभएको तथा खुला र स्थानिय जातमा आत्मनिर्भर ३ मकै जिल्लामा करिब ३० प्रतिशत क्षेत्रमा बहुराष्ट्रिय कम्पनी तथा भारतीय हाईब्रिड जातहरुको प्रयोग भएको ४ मसुरो हालसम्म हाईब्रिडको प्रयोग नभएको ५ तरकारी ९५ प्रतिशत तरकारीमा बिभिन्न बहुराष्ट्रि«य, भारतीय, चाईनिज कम्पनीका उन्नत तथा हाईब्रिड जातहरुको बाहुल्यता  रहेको ६ तोरी करिब २० प्रतिशत क्षेत्रमा भारतीय उन्नत÷हाईब्रिड जातहरुको प्रयोग भएको रुपन्देही जिल्लामा पछिल्लो पटक आर्कषण बढदै गएको कृर्षि कार्य मौरी च्याउ माछा पालन र तरकारी हो ।

रुपन्देही कुखुरा र माछामा पुर्ण रुपमा आत्म निभर बन्दै गएको छ । रुपन्देहीमा २ हजार ५० घारबाट बार्षिक ४० टन मह उत्पादन हुने गर्दछ । तर  जिल्लाभित्रै गुणस्तरीय रानी उत्पादन गर्ने श्रोत केन्द्र नभएको, परम्परागत प्रशोधन पद्धति जिल्लाभित्रै मौरी चरनको सम्भावना रहेता पनि पहिचान हुन नसक्दा जिल्ला वाहीर चरनकालागि लैजानुपर्ने बाध्यताले गर्दा लागत बढि हुने जस्ता समस्याहरु छन ।भने यसमा लाग्न चाहने किसानहरुका लागि  गुणस्तरयुक्त तालिम व्यवस्था हुन सकेको छैन ।जसका कारण किसानहरु बिचलीत हुने हुनकी या मौरी पालन दीगो नहुने हो की भन्ने आशंका यथावत रहेको छ ।च्याउ  त्यसैगरी रुपन्देहीमा ब्यवसायीक रुपमा ११५ जना कृषकहरु च्याउ खेतिमा सम्लग्न छन उनिहरुबाट वार्षिक करिब १०० मेटिकटन च्याउ  उत्पादन तथा विक्रि वितरण हुने गरेको छ ।

पछिल्लो समय किसानहरु  कन्ये च्याउ उत्पादन तथा बजारीकरण संगै गोब्रे च्याउ प्रति आर्बर्षित भएको पाईन्छ भने गजेडिका कृषकहरु मिल्की च्याउप्रति अझ बढी आर्कषीत छन । किसानहरु च्याउ खेतीमा उत्साहित भएर लागेको भए पनि संरक्षण,प्रशोधन र बजारीकरण तथा तालिम लगायतका कुराहरुमा सरकारी सहयोग प्रयाप्त हुन सकेको छैन । माछा रुपन्देहीको अर्को किसानहरु आर्कषित हुदै गएको र बातावरण माटो अनुकुलको कृर्षि खेती मत्य पालन हो । रुपन्देहीको दयानगर माछा पालनमा हव मानिएको भएता पनि अहिले माछापालन गर्ने किसानहरुको सख्या अन्यत्र पनि बढदै गएको छ । दुई हजार एक सय ४ जना कृषकहरु माछापालनमा सम्लग्न छन भने रुपन्देहीमा ३ हजार ७ सय ८० पोखरीमा माछा पालिदै आएको छ ।

माछामा रुपन्देही आत्मनिर्भर रहेको रुपन्देहीमा  बाषर्र््िाक ४ हजार २ सय ५ मेटिक टन अर्थात  १ अर्ब बढीको माछाको कारोवार हुने गरेको छ ।अन्य तरकारी रुपन्देही पछिल्लो समय तरकारी उत्पादनमा समेत अगाडी बढन लागेको छ । रोजगारीको सिलसिलामा बिदेशी भुमीमा पशिना बगाएकाहरु समेत आफ्नै भुमिमा सुन फलाउन सकिन्छ भनेर फर्किका छन । रुपन्देहीमा तरकारी उत्पादनमा देखिएको लहरलाई हेर्दा यो अवस्था कायम रहि रहने हो भने रुपन्देही तरकारी निर्यात गर्ने जिल्लाको रुपमा दर्ज हुन धेरै समय लाग्दैन ।

किसानहरुको उत्पादनलाई ब्यवस्थीत गर्ने ढंगको पुर्वाधार नहुदा समस्यामा परेको भए पनि कृर्षि थोक उपज केन्द्रलाई नेपाली किसानहरुको हितमा प्रयोग गर्नुपर्छ भन्ने सोचको बिकास गर्ने हो भने रुपन्देहीले तरकारी उत्पादनमा राम्रो सफलता हासिल गर्न सक्ने निश्चित छ ।

समस्या तथा चुनौतीहरु

रुपन्देहीका किसानको प्रमुख समस्या उत्पादन लागत उच्च हुनु हो त्यसका साथै आलु र प्याजको व्यवस्थित शीत भण्डारको अभाव एवम् पहुंच नहुनु , गुणस्तरीय आलु र प्याजको बीउ उपलब्ध नहुनु , असन्तुलित विषादीको प्रयोग हुनु,उच्च प्रविधि ९ज्ष्नज त्भअज० को पहुंच कम हुनु,संकलन तथा बजारीकरण व्यवस्थित हुन नसक्नु, बाली विशेष प्रशोधन र प्याकेजिंग पूर्वाधारको अभाव जस्ता प्रमुख समस्याहरुले किसानहरु समस्यामा छन ।

माटोको अवस्था पछिल्लो समय किसानहरुको माटोमा प्रयोग गरिदै आएका बिषदीका कारण माटोको उर्वरा शक्ति कमजोर हुदै गएको छ । किसानहरुले प्रयोग गर्ने रासाईनीक मल गुणस्तरहिन हुनु (खुल्ला सिमाका कारण भारतबाट सस्तोका लागि भन्सार छलि गरेर ल्याईने मल सबैभन्दा गुणस्तरहिन र नक्कली मलभएको पटकपटक भेटिएको) जस्ता समस्याहरु प्रमुख समस्याका रुपमा रहेका छन जिल्ला कृर्षि बिकास कार्यँलयले गरेको अध्यायनले रुपन्देहीको माटोमा करीब २० प्रतिशत अम्लियपन (कम.पि.एच.)करीब २५ प्रतिशत बढि पि.एच. अर्थात क्षारीय माटो करीब ७७ प्रतिशत माटोमा प्रागांरिक पदार्थ १ प्रतिशत भन्दाकम भएको अवस्था रहेको र माटोको उर्वराशक्ति घट्दो क्रममा रहेको फेला परेको छ ।

बालीचक्र बैज्ञानीक नहुनु,गोबर मलको बैज्ञानिक व्यवस्थापन एवंम प्रयोग नहुनु,गोबरमल गैर कृषि प्रयोजनको लागि बढी प्रयोग हुनु तथा रासायनिक मल तथा प्रागांरिक मलको सन्तुलित प्रयोग नहुनु जस्ता कारणहरुले माटोको उर्वराशक्ति घटेको कृर्षि बिकास कार्यालयको अध्यायनले देखाएको छ । माटोको उर्वराशक्ति बढाउन किसानहरुले मात्र मेहनत गरेर पुग्दैन । उनिहरुका लागि उत्प्रेरण जगाउने सरकारी योजना र राजनितीक दलका नेता र सरकारसंग दृढ ईच्छाशक्तिको आबश्यकता देखिन्छ जसबाट मात्र रुपनदेहीको कृर्षिमा आमुल परिर्वतन सम्भव छ ।

१. काली गण्डकी नदीलाई तिनाउ नदीमा डाइभर्सन गरी बाहै्र महिना सिंचाई हुन सुविधा विस्तार गर्न लागत एवम प्रतिफलका आधारमा अत्यन्त संभावित देखिन्छ ।

२. अबैज्ञानिक भू उपयोग, खण्डीकरण एवम् उत्पादनशील जमीनको घडेरीकरणलाई बैज्ञानिक तवरले व्यवस्थापन गरे मात्र लागत न्यूनीकरण गर्दै (चक्लाबन्दी मार्फत) कृषि बालीको व्यवसायिकरण सम्भव देखिन्छ ।

३. माटोको उर्वराशक्ति व्यवस्थापन गर्न तत्काल प्रयास गरेमात्र दीगो तवरले कृषि बालीको उत्पादकत्व बृद्धि गर्न सकिने देखिन्छ र यसले नै व्यवासायिक कृषिको आधार खडा गर्दछ ।

तसर्थ यी पूर्वाधार विकास एवम् व्यवस्था नभई रुपन्देही जिल्लामा कृषिको विकासले फड्को मार्न सकिने देखिदैन ।

SHARE